काठमाडौं । भट्टराई कुलवंश प्रतिष्ठान काठमाडौं महानगरपालिका समिती गठन भएको छ ।
प्रतिष्ठान केन्द्रीय सदस्य राजेश कुमार भट्टराईको प्रमुख आतिथ्यतामा शुक्रवार सम्पन्न भेलाले कुमार भट्टराईको नेतृत्वमा ७ सदस्यीय महानगर समिति गठन गरेको हो ।
त्यसै गरि उपाध्यक्षमा बालकृष्ण भट्टराई, सचिव हरी भट्टराई, कोषाध्यक्ष पारस भट्टराई, सदस्यमा दिपक भट्टराई, नविन भट्टराई र आइसा भट्टराई रहेका छन् ।
उक्त कार्यक्रममा केन्द्रीय सदस्य राजकुमार भट्टराई, वागमती प्रदेश का.बा.अध्यक्ष नारायणप्रसाद भट्टराई, उपाध्यक्ष गिता भट्टराई, सचिव पुष्पराज भट्टराई, सहसचिव जयप्रसाद भट्टराई, सूचना अधिकारी अजित कुमार भट्टराई, प्रदेश सदस्यहरु सुरज भट्टराई, अग्नि भट्टराई लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथि तथा अतिथिहरुले कुलवंश प्रतिष्ठानको उद्देश्य र यसको गरिमा माथि आ-आफ्ना धारणा राखेका थिए ।
कुलवंश प्रतिष्ठान वागमती प्रदेशको अधिवेशन फागुन २९ गते काठमाडौंमा हुँदैछ भने केन्द्रीय महाधिवेशन चैत्र २० - २१ गते पोखरामा हुँदैछ ।