काठमाडौं । प्रचण्ड समूह छाडेर प्रधानमन्त्री केपी शर्मा ओली समूहमा खुल्न थालेका ५ जना प्रतिनिधि सभा सांसदलाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको निर्देशनमा सांसद झपट रावलसहितको समूहले बन्दी बनाएको आरोप लागेको छ।
चौधरी लगाएतका सांसदहरु केहिदिन प्रचण्ड समूहमा बसे पछि पार्टी एकताका पक्षमा रहेको भन्दै सो समूहबाट बाहिरिएका थिए । पछिल्लो समयमा दुवै समूह अध्ययन गर्दा ओली समूह नै देशका लागि कामयावी पार्टी बन्ने विश्वासका साथ ओली समूहमा खुल्ने उनीहरुले निश्चित गरेका थिए ।
यसरी ओली समूहमा खुल्नेहरु जीवराज आश्रित पत्नी माया ज्ञवाली, गंगा चौधरी, बिना बुढाथोकी लगायतका सांसद रहेका छन् । पार्टी राजनीति जटिल बन्दै गए पछि उक्त सांसदहरु तानातानमा परेको बुझिएको छ ।
रावल समूहले शुक्रबार उनीहरूलाई आफ्नो पक्षमा खुल्न जबरजस्ती हस्ताक्षर गराउन नगेन्द्र चौकमा राखेको तथ्य खुल्न आएपछि अहिले पाटनस्थित होटलमा राखिएको बताइएको छ।
पार्टीका वरिष्ठ नेताहरु आफैं पनि उनीहरूलाई राखिएको ठाउँमा पुगी आफ्नो समूहमा खुल्न प्रलोभन दिने, ओली सत्ता ढलेपछि नियुक्ति र राज्यमन्त्रीको पदसम्म दिने प्रस्ताव राखेको स्रोतले जनाएको छ।
-अनलाइन न्युज सेभेनबाट