आज प्रचण्ड– माधव समूहको स्थायी कमिटी बैठक बस्दै 

आज प्रचण्ड– माधव समूहको स्थायी कमिटी बैठक बस्दै 

२०७७, फाल्गुण २४ सोमवार

  • 1.1K
    SHARES

  • आज प्रचण्ड– माधव समूहको स्थायी कमिटी बैठक बस्दै 

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले नेकपाको आधिकारिकताबारे सर्वोच्च अदालतको फैसलापछि विकसित राजनीतिक अवस्थाबारे छलफल गर्न स्थायी कमिटीको बैठक बोलाएको छ । 

    सो समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठक सोमबार बिहान ११ बजे बस्नेछ । सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिएका अवस्थामा भावी रणनीतिबारे छलफल गर्न सो समूहले बैठक बोलाएको हो ।

    समूहले फैसलापछिको अवस्थाबारे कानून व्यवसायीसँग छलफल गरेको थियो । छलफलमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्का अध्यक्ष माधवकुमार नेपाललगायतको सहभागिता थियो । 

    २०७७, फाल्गुण २४ सोमवार०७:१८:०८
    प्रतिक्रिया
    सम्बन्धित समाचार