चीन र भारतबीचको सीमा विवाद पूरानो भएको चिनियाँ परराष्ट्रमन्त्रीको भनाइ 

चीन र भारतबीचको सीमा विवाद पूरानो भएको चिनियाँ परराष्ट्रमन्त्रीको भनाइ 

२०७७, फाल्गुण २४ सोमवार

  • 1.6K
    SHARES

  • चीन र भारतबीचको सीमा विवाद पूरानो भएको चिनियाँ परराष्ट्रमन्त्रीको भनाइ 

    बेइजिङ । चीन र भारतबीच कतिपय स्थानमा विगतदेखि नै जारी रहेको भन्दै यसलाई समाधान गरेर अघि बढ्नुपर्ने चिनियाँ अधिकारीले बताएका छन् ।

    चिनियाँ विदेशमन्त्री वाङ यीले भने, “अहिलेको मुख्य विषय कसरी विश्वका दुई ठूला विकासोन्मुख देशहरू एक भएर बस्न र विकास गर्न सक्छन् तथा कसरी सँगसँगै पुनरूत्थान हुनसक्छन् भन्ने हो ।” 

    उनले भने, “प्राचीन सभ्यतासहित दुई छिमेकी मुलुक र विश्वमा एक अर्ब जनसङ्ख्या भएका दुई उदीयमान अर्थतन्त्रका रूपमा चीन र भारतको साझा रुचि र सहयोगको ठूलो सम्भावना रहेको छ । त्यसैले चीन र भारत मित्र र साझेदार हुन्, शत्रु र विरोधीहरू होइनन् ।”

    सीमा विवाद इतिहासदेखि नै बाँकी रहेको बताउँदै उनले चीन र भारतले सम्बन्ध मात्रै होइन आपसी मतभेद व्यवस्थापन र नियन्त्रण गर्नु जरूरी रहेको बताए ।  

    उनले दृढ सहयोगको माध्यमबाट सीमा समस्याहरूको समाधानका लागि अनुकूल परिस्थिति सिर्जना गर्नुपर्नेमा पनि परराष्ट्र मन्त्री वाङले जोड दिए ।- एजेन्सी ।

    २०७७, फाल्गुण २४ सोमवार०८:०४:४३
    प्रतिक्रिया
    सम्बन्धित समाचार