माधव नेपालले ४० प्रतिशत लिएर पार्टी नफुटाए सांसद पद धरापमा  

माधव नेपालले ४० प्रतिशत लिएर पार्टी नफुटाए सांसद पद धरापमा  

२०७७, फाल्गुण २४ सोमवार

  • 1.9K
    SHARES

  • माधव नेपालले ४० प्रतिशत लिएर पार्टी नफुटाए सांसद पद धरापमा  

    काठमाडौं । सर्वोच्च अदालतले नेकपाको आधिकारिकताको विवादमा ऋषि कट्टेलको पक्षमा फैसला गरे पछि नेकपा विवाद थप पेचिलो बनेको छ । 

    सर्वोच्च अदालतले आफ्नो फैसलामा भनेको छ, “निर्वाचन आयोगका यी दुवै निर्णय बदर भएपश्चात साबिकमा निर्वाचन आयोगमा राजनीतिक दलका रुपमा दर्ता रहेका नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अलग अलग राजनीतिक दलका रुपमा साबिक कै अवस्थामा कायम रहने हुँदा, अब यी दुई राजनीतिक दलले एकीकरण गर्ने भएमा राजनीतिक दल सम्बन्धी ऐन तथा नियम विपरीत नहुने गरी निर्णय गरी अविलम्ब निर्वाचन आयोगमा उपस्थित हुन जानकारी दिई शिघ्र कानुन बमोजिम आवश्यक निर्णय गर्नू गराउनू भनि विपक्षीमध्येका निर्वाचन आयोगका नाममा परमादेश समेत जारी गरिदिएको छ ।”

    यो फैसलाले अब नेकपा एमाले र माओवादी अलग अलग दल भएको संविधानविद् डा भिमार्जुन आचार्यले बताएका छन् ।  

    उनका अनुसार नेकपा भन्ने नाम ऋषि कट्टेलले पाउने भनेपछि निर्वाचन आयोगले थप निर्णय गर्नुपर्छ ।

    निर्वाचन आयोगले निर्णय नगर्दै प्रचण्ड–माधव नेपालले ४० प्रतिशत लिएर पार्टी फुटाउन तयार नभए उनीहरुको पद अप्ठेरोमा पर्न सक्ने आचार्यले जानकारी दिए ।

    “निर्वाचन सम्बन्धी कानुनमा एउटा नाम दुईवटालाई दिन नमिल्ने भएकाले नेकपा दुवै पक्षलाई दिन्न भन्न पाउँछ,” उनले भने, “एमाले एमाले र माओवादी माओवादी हुने भयो ।

    यसले माधव र प्रचण्ड पक्षलाई असर गर्ने देखिन्छ । यो फैसलाअनुसार माधव नेपाल एमालेतिर जानुपर्छ । ओलीले बहुमतको आडमा निर्णय गरेमा माधव नेपालको पद धरापमा पर्न सक्छ ।

    पार्टीबाट निकालेमा संसद्को पद जान्छ । बचाउको लागि निर्वाचन आयोगको अर्को निर्णय नआउँदै ४० प्रतिशत लिएर फुट्न सक्ने बाटो भने कायमै रहेको छ ।”

    नेता नेपालसहित झलनाथ खनाल, भीम रावल, सुरेन्द्र पाण्डेसहित २५ निर्वाचित सांसद अहिले दाहाल–नेपाल समूहमा छन् ।

    बादलको हकमा पनि पार्टीको निर्णय सोहीअनुसार लागु हुने देखिएको एक कानुन व्यवसायीले जानकारी दिए ।

    पूर्वएमालेबाट निर्वाचित २५ सांसद अहिले दाहाल–नेपाल समूहमा लागेका छन् भने पूर्वमाओवादीबाट निर्वाचित ४ सांसद केपी शर्मा ओलीतिर लागेका छन् । बार्हखरीबाट

    २०७७, फाल्गुण २४ सोमवार०८:५६:१७
    प्रतिक्रिया
    सम्बन्धित समाचार