पोप फ्रान्सिसको इराक भ्रमण सम्पन्न

पोप फ्रान्सिसको इराक भ्रमण सम्पन्न

२०७७, फाल्गुण २४ सोमवार

  • 1.1K
    SHARES

  • पोप फ्रान्सिसको इराक भ्रमण सम्पन्न


    बग्दाद । इसाई सर्वोच्च धर्मगुरु पोप फ्रान्सिसको तीन दिने इराक भ्रमण सम्पन्न भएको छ । 
    इराकमा पोपको यो पहिलो औपचारिक भ्रमण हो ।

    सुरक्षा चुनौतीका बीच ८४ वर्षीय पोप फ्रान्सिसले इराकमा करिब एक हजार ४०० किलोमिटर यात्रा गरेका थिए । उनले शिते मुस्लिमका सर्वोच्च धर्मगुरु ग्रान्ड आयातोल्लाह अलि सिस्तानीसँगै इराकमा शदियौंदेखि बसोबास गरिरहेका इसाई सम्प्रदायका व्यक्तिहरुसँग भेटघाट गरेका थिए ।

    आइतबार आफ्नो अन्तिम सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दै पोप फ्रान्सिसले आफूले इराकमा दुःख र पीडा मात्र नभई आशा र मित्रताको आवाज पनि उठेको बताए ।

    उनले इराकमा आधा दर्जनभन्दा बढी सार्वजनिक प्रवचन दिएका  थिए जसमा उनले आशा र भातृत्वको पक्षमा आफ्ना धारणा राखेका  थिए ।

    २०७७, फाल्गुण २४ सोमवार०५:३४:३७
    प्रतिक्रिया
    सम्बन्धित समाचार