सिरियाका राष्ट्रपति दम्पती कोरोनाभाइरस सङ्क्रमित

सिरियाका राष्ट्रपति दम्पती कोरोनाभाइरस सङ्क्रमित

२०७७, फाल्गुण २५ मंगलवार

  • 1.6K
    SHARES

  • सिरियाका राष्ट्रपति दम्पती कोरोनाभाइरस सङ्क्रमित

    दमास्कस । सिरियाका राष्ट्रपति बसर अल असद र उनकी श्रीमती अस्मा कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । 

    कोरोनाभाइरसबाट सङ्क्रमितहरुलाई देखिने सामान्य लक्षण देखिएपछि परीक्षण गराउँदा उनीहरूमा कोरोनाभाइरसको सङ्क्रमण रहेको पुष्टि भएको हो ।

    उनीहरु कोरोनाभाइरसबाट सङ्क्रमित भएको सोमबार सरकारी अधिकारीहरुले पनि पुष्टि गरेका छन् ।

    “सम्भावित केही लक्षणहरु देखिएपछि राष्ट्रपति अल असद र उनकी श्रीमती अस्माको कोरोना परीक्षण गरिएको हो, त्यसबाट उनीहरूमा त्यो भाइरस रहेको देखियो,” राष्ट्रपति कार्यालयद्वारा जारी वक्तव्यमा लेखिएको छ । 

    उनीहरूको स्वास्थ्य अवस्था भने सामान्य नै रहेको र चिन्ता गर्नुपर्ने अवस्था नरहेको पनि वक्तव्यमा उल्लेख गरिएको छ ।   
       
    सिरियामा कोरोनाभाइसबाट अहिलेसम्म १५ हजार ९८१ जना सङ्क्रमित भएका छन भने तीमध्ये अहिलेसम्म एक हजार ६३ जनाको मृत्यु भएको छ ।- एजेन्सी । 

    २०७७, फाल्गुण २५ मंगलवार०६:४२:३९
    प्रतिक्रिया
    सम्बन्धित समाचार