अमिलो मन गर्दै छुट्टिए दाहाल–नेपाल, एमाले र माओवादी पार्टी तिरै जाने निश्कर्ष

अमिलो मन गर्दै छुट्टिए दाहाल–नेपाल, एमाले र माओवादी पार्टी तिरै जाने निश्कर्ष

२०७७, फाल्गुण २५ मंगलवार

  • 2.3K
    SHARES

  • अमिलो मन गर्दै छुट्टिए दाहाल–नेपाल, एमाले र माओवादी पार्टी तिरै जाने निश्कर्ष

    काठमाडौँ । नेपाल कम्युुनिष्ट पार्टी (नेकपा)को दाहाल–नेपाल पक्षले नेकपाको एकीकरण बदर गरी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ब्यूूँताउने सर्वोच्च अदालतको फैसला अनुचित भएको निष्कर्ष निकालेको छ । 

    पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हिजो अपराह्न बसेको सो पक्षका स्थायी कमिटी बैठकले सर्वोच्चको उक्त निर्णय अनुुचित र राजनीतिक पूर्वाग्रहबाट प्रेरित रहेको निष्कर्ष निकालेको हो ।

    सो पक्षले सर्वोच्चको फैसला रिट निवेदकको मागदाबीभन्दा बाहिर गएर राजनीतिक फैसलाका रुपमा लिएको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।  

    “पार्टीको नामका सम्बन्धमा परेको रिट निवेदन हुँदाहुँदै नामका बारेमा निष्कर्ष निकाल्नुपर्नेमा त्योभन्दा बाहिर गएर फैसला गरिएको छ ।

    कुनै राजनीतिक पार्टीको एकता गर्ने(नगर्ने र राजनीतिक पार्टीलाई विभाजन गर्ने सर्वोच्चको फैसलाप्रति हाम्रो गम्भीर असहमति छ”, उनले भने, “यो अस्वाभाविक, अनुपयुक्त र गलत छ, त्यसैले हामी यो फैसलाप्रति हाम्रो गम्भीर असहमति छ ।”

    यद्यपि, सर्वोच्च अदालतको फैसलाप्रति गम्भीर असहमति हुँदाहुँदै उक्त फैसलालाई कार्यान्वयन गर्ने निष्कर्ष निकालिएको उनले बताए । उक्त फैसलाको कानूनी उपचार खोज्ने निष्कर्ष पनि बैठकले निकालेको प्रवक्ता श्रेष्ठको भनाइ छ । 

    बैठकले नेपालका कम्युनिष्टलाई एउटै केन्द्रमा ल्याउने पहलकदमी र प्रक्रियालाई जारी राख्ने निर्णय गरेको उनले बताए । प्रवक्ता श्रेष्ठले नेकपाको हैसियतमा आजको बैठक अन्तिम भएको बताए ।

    “अब नेकपाको हैसियतमा यो अन्तिम बैठक हुनसक्छ, सर्वोच्च अदालतको फैसला कार्यान्वयनमा जाने नै भयो, दुईवटा पार्टीका बीचमा फेरि एकताको पहल भयो भने त्यही ढङ्गले हुनेछ ।”, उनले भने । 

    पार्टीमा हुँदै आएको घनिभुत सहकार्यबाट छुट्टिनु परेकोमा नेताहरुको मन अमिलो भएको पनि अर्का नेताले नाम नखुलाउने सर्तमा भने । 

    २०७७, फाल्गुण २५ मंगलवार०६:५४:०४
    प्रतिक्रिया
    सम्बन्धित समाचार