स्निग्धा “ म तिमीलाई माया गर्छु” ।
संजयको यो कुरा एकाएक सुनेर स्निग्धा अक्क न वक्क भइन् । स्निग्धाको एक्कासी हात खुट्टा लगलगी काम्न लाग्यो ।शरिरबाट चिट्चिट् पसिना आउन थाल्यो । स्निग्धाले सुनिनन् कि भनेर संजयले फेरी दोहोर्याएर भने- स्निग्धा “ म तिमीलाई माया गर्छु” ।
स्निग्धालाई मनमनै के भनौ भनौ भयो । संजयको त्यो कुरा सुनेर पनि नसुने झै गरिन् स्निग्धाले ।
संजयले अलि ठुलो स्वरमा फेरी पनि भने- स्निग्धा “ म तिमीलाई माया गर्छु” । पटक पटक यही कुरा भनेपछि
यस पटक स्निग्धाले बडो सम्हालिएर सुस्तरी “म पनि तिमीलाई माया गर्थे कुनै बेला ” तर तिमीले कहिल्यै वास्ता गरेनौ ? यत्ती मात्र भनिन् । स्निग्धाको यस्तो जवाफ सुनेर किन हो संजय वर्षों - वर्ष पछि आज एकाएक खुसी देखिए ।
संजय खुशी हुंदै भने- स्निग्धा जाऊ हिड आज कतै कफी खान ।
स्निग्धाले पनि हुन्न भन्न सकिनन् । बेरै वर्ष पछि एक्कासी भेट भएको स्कुले साथी, टार्नै सकिनन् ।
स्निग्धा टाउको हल्लाएर “हुन्छ “ जाऊ भनेर संजयको पछि- पछि लागिन् । संजयले नजिकै रोकिराखेको मोटरवाइक स्टार्ट गरे । स्निग्धा अलि अप्ठेरो मानेर मोटरबाईकको पछाडि बसिन् । संजयले मोटरबाईक अगाडि बढाए । दरवारमार्गस्थित विगिनर्स कफी हाउसमा दुबै जना छिरे ।
कफी हाउसको टेबुलमा बस्ना साथै वेटरले टेबुलमा अर्डर लिन आए । हजुरहरुको के- के अर्डर हो ? भनेर कलम र गोजीबाट अर्डर स्लिप निकालेर लेख्न थाले । संजयले पनि स्निग्धालाई के लिने भनेर सोधे ।
स्निग्धाले लजाउदै कफी भनेर जवाफ दिइन्।
संजयले भने- कफी मात्र ? अरु केही लिने हो कि स्नाक्सहरु ?
स्निग्धाले हैन अरु केही खान मन छैन । छोटो उत्तर दिइन् ।
संजयले धेरै कर गरेनन् । संजय र स्निग्धा विगतका कुराकानीमा गफिए । संजय र स्निग्धा धेरै वर्षपछि एक अर्कालाई भेटेका थिए ।
0000000000000000000000000000000000
हुनत स्निग्धा र संजय बुटवल स्थित ज्ञान विज्ञान माध्यमिक विद्यालयमा तीन कक्षा देखि संगै पढेका थिए । दुवै पढाईमा तेज थिए । कहिले संजय प्रथम कहिले स्निग्धा । यो क्रम धेरै वर्ष सम्म चलिरह्यो ।
संजयको आर्थिक अवस्था निकै राम्रै थियो । स्निग्धाको भने सामान्य थियो । दुबैले संगसंगै एस.इ.इ. (ए+)मै पास गरेका थिए । संजय उच्च शिक्षा अध्ययन गर्न काठमाडौ गए । स्निग्धा आमा बाबुले जेठी छोरी अनि आर्थिक अवस्था अलि कमजोर भएको कारण उनलाई काठमाडौ पढ्न पठाएनन् । स्निग्धा बुटवल मैं पढ्न थालिन् ।
0000000000000000000000000000000000
संजय काठमाडौ पढन बसेको पनि करिव १० वर्ष भन्दा बढी भैसक्यो । त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर तह सकेर सरकारी कार्यलयमा अधिकृतको नोकरी खाएकै पनि तीन वर्ष भैसक्यो । संजय २७/२८ वर्ष भैसके अझै विवाह भएको छैन । बिबाह गर्ने सुरमा छन् । संजय काठमाडौको कपनमा एउटा फ्ल्याट लिएर बसेका छन् । नोकरीको पनि राम्रै आम्दानी घर परिवार पनि सम्भ्रान्त भएर होला पैसाको अभाव कहिल्यै खड़केन । खानपिन र घुमफिर गर्न खुवै मन पराउने । वर्षमा एकपटक दशैमा जसरी पनि घर पुग्छन् । घर पुगेपछि आफ्ना साथी - भाईहरुसंग घुमफिर मै रातदिन बिताउँथे । संजयका बाबु - आमा सधै जसो संजयलाई विवाह गर्ने होइन बाबु भन्नुहुन्थ्यो । संजय पनि खिस्स हाँसेर ‘हो’ भनेर टारिदिन्थे । अलि राम्री केटी खोजिदिनु नि भन्थे ।
000000000000000000000000000000000
भाई बहिनी पनि ठुला भैसकेको हुनाले स्निग्धा पढाईमा तेज र थप अध्ययनकोलागि काठमाडौ जाने निधो गरिन् । काठमाडौमा स्नातकोत्तर तह पढ्दै गर्दा आफ्नै समकक्षी पंकज थापा संग दुई वर्षको लामो प्रेम पछि विवाह भयो । स्निग्धाको विवाह भएको पनि १० वर्ष भइ सक्यो । उनको एउटा छोरा सात वर्ष र छोरी चार वर्षका छन् ।पंकज एउटा सरकारी कार्यालयको कार्यालय प्रमुख भएका छन् । स्निग्धा काठमाडौ लाजिम्पाट स्थित एउटा विदेशीले चलाएको आईएनजिओमा काम गर्छिन् । स्निग्धाको परिवार सुखी सम्पन्न छ । हिजो आज केही कुरामा कमी छैन । छोरा - छोरी घर परिवार आम्दानी सबै क्षेत्रमा ।
000000000000000000000000000000000
संजय आफ्नो अफिस कै कामको सिलसिलामा त्यही स्निग्धाले काम गर्ने आईएनजिओको अफिस पुगे । त्यहा नै, हो पहिला संजयले स्निग्धालाई देखेका हुन् । एक्कासी स्निग्धालाई देख्दा संजय छक्क परे। एक दशक भन्दा बढी भयो होला एक अर्कालाई नदेखेको, देखेर दुबै अचम्मित र दुबैजना अत्यन्तै खुसी पनि भए । दुबैले स्कुलका मिठा मिठा क्षणहरुको स्मरण गर्दै गफिन थाले । स्निग्धाले टेबुलको बेल थिचेर कार्यालयको सहयोगीलाई बोलाइन् । सहयोगी स्निग्धाको छेऊमा आएर भने म्याडम हजुर किन बोलाईबक्सेको ?
स्निग्धाले हाँसेर मिठो दुई कप कफी ल्याउन अर्डर गरिन् ।
कार्यालय सहयोगी ‘हस’ भनेर बाहिर निस्के । संजय र स्निग्धाले केही बेर कुरा गरे । स्निग्धाको मोवाइल नम्वर लिएर संजय त्यहाँबाट बाहिरिए ।
000000000000000000000000000000000
संजय सरासर कोठामा आए आज उनी साह्रै बेचैन भए । बेचैन नहुन् पनि कसरी । १३/१४ वर्ष अगाडिको स्निग्धा र आजको स्निग्धामा आकाश जमिनको फरक । संजय स्निग्धालाई सम्झन थाले , कत्ती राम्री चिटिक्क देखिएकी चटक्क मिलाएर लगाएको पेण्ट, सर्ट, सेमी स्टकोट र त्यो गुलावी रंगको स्कार्फ़मा । गोरी चटक्क मिलेको जीऊँडाल ज्यादै आकर्षक । पत्याउनै गाह्रो । त्यो स्कुले स्निग्धा र यो आजको स्निग्धा । संजय स्निग्धासंग लोभिए ।
00000000000000000000000000000000000
सांझै संजयले मन दरो पारेर स्निग्धाको मोवाइलमा फ़ोन गरे । स्निग्धाले फ़ोन उठाइन् ।
संजय: हलो स्निग्धा म संजय ।
स्निग्धा: हजुर म बोल्दैछु । भन न के कुरा ?
संजय : एक पटक भेटौ न स्निग्धा ।
स्निग्धा: म अलि बिजी छु । अफिसको कामले ।
संजय: यत्रो वर्षपछि भेंट भो एकछिन पनि टाइम मिलाउन सक्दैनौ ?
स्निग्धा: शनिवार र आईतवार विदा हुन्छ । घरको कामले फुर्सद नै हुन्न ।
संजय: प्लिज । मैले वर्षौ भयो तिमीलाई भेटन खोजेको , आजै मात्रै देखे । प्लिज एक पटक संगै बसेर कफी खाऊ न ल ।
स्निग्धा: ठिकै छ । म आउदो शुक्रवार समय मिलाउछु अनि भेटौला हुन्न ?
संजय: हुन्छ । कहाँ भेट्ने ?
स्निग्धा: दरवारमार्गमा हुन्न ।
स्निग्धा: म अलि बिजी छु
संजय : हुन्छ । वाई ।
00000000000000000000000000000000000
शुक्रवार ५:०० बजे स्निग्धा दरवारमार्ग स्थित विगिनर्स कफी हाउसमा पुगिन् । संजय पहिल्यै पुगिसकेका थिए । दुबैजना सामान्य शिष्टाचार गरेर बसे । १४/१५ वर्ष पछि पुन भेटघाट हुँदा संजय निकै खुसी देखिए । संजयले चिकेन चिल्ली, फिंगर चिप्स कफी अर्डर गरे ।
संजयले स्निग्धालाई हेर्दै कहाँ बस्छौ ? भनेर प्रश्न गरे । स्निग्धाले म बाँसबारी बस्छु । त्यही सानो नोकरी आईएनजिओमा काम गर्छु यस्तै हो भनेर सामान्य जवाफ दिइन्। स्निग्धाले पनि तिमी के गर्दैछौ ? कहाँ बस्छौ ? भनेर सोधिन् । संजयले मेरो सरकारी नोकरी हो अधिकृत छु । कपनमा फ्ल्याट लिएर बसेको छु । मैले बिवाह गरेको छैन ।
स्निग्धाले ए :ए भन्दै सुनि मात्र रहिन् । अर्डर गरेको खाना आई पुग्यो । दुबै जना खाना खादै गफ गर्न थाले ।
संजय: मैले तिमीलाई कत्ती खोजे? वुटवल घर गएको बेला ? कतै पनि देखिन ! कता हरायौ ? हँ ?
स्निग्धा :म त यतै काठमाडौ थिए नि ! बुटवल क्याम्पसमा स्नातक गरे ।मैले पढ्छु भने पछि भाई वहिनी पनि ठुला भए, ड्याडीले स्नातकोत्तर तह गर्न काठमाडौ पठाउनु भयो । दुई वर्ष काठमाडौ बसेर पढे । त्यसपछि म यतै छु । स्निग्धाले भनिन् ।
तिमी त काठमाडौ पसेपछि हामीलाई के सम्झन्छौ र ? हाम्रो के याद आउथ्यो र ? तिमी त धनी बाऊका छोरा , त्यसमाथी काठमाडौ जस्तो रंगीन सपनाको शहर पसे पछि अरुको के मतलव , हैन त ?
संजयले स्निग्धाको यत्ती कुरा सुनेपछि अवाक् भए, मुख रातो पारे । केही जवाफ फर्काएनन् सुनेमात्र । करिव २ घण्टाको बसाईमा संजयले निकै आशक्ती रुपले स्निग्धालाइ हेरिरहे मात्र । मैले नै गल्ती गरे कि झै आभाष दिलाए । स्निग्धाले बुझेर पनि नबुझे्झै गरिन् । हुनत विद्यालयमा पढ्दा को प्रथम हुने भन्ने एक अर्काबीच होडबाजी नै चल्थ्यो । यी दुबै एक अर्कीलाई इष्या गर्थे । कैयौ पटक त झगडा परेको थ्यो । स्निग्धालाई अरु त्यस्तो कुनै मतलव नै हुदैनथ्यो । स्निग्धा पढ़नमा नै बढी ध्यान दिन्थिन् ।
कहिले काही विद्यालयबाट शैक्षिक भ्रमण जाँदा र विद्यालय स्तरीय प्रतियोगितामा संग-संगै हुन्थे । तर त्यहाँ कसरी प्रतियोगिता जित्ने भन्ने मात्र ध्याउन्न हुन्थ्यो । संजयले पहिलेदेखि नै स्निग्धालाई असाध्यै मन पराउथे । स्निग्धाले पनि संजयलाई भित्रभित्रै मन पराएको हो तर ऊ धनी बाबुको छोरा मसंग विबाह गर्दैन, संजयको घर परिवारले मान्दैनन् भन्ने थियो । दुबैले कहिल्यै मनका कुरा एकले अर्कोलाई भन्न सकेका थिएनन् ।
अर्डर गरेको खाना सबै खाईसकेपछि संजयले बिलको पैसा तिरे । दुबैले घर जाऊ भन्दै बाहिर निस्के । स्निग्धालाई संजयले घर सम्म पुर्याउन जादै गर्दा बाटोमा स्निग्धासंग विगतका कुरा सुनाउदै सुन्दै मोटरबाईकबाट घर सम्म पुर्याईदिए । संजय बाहिर बाटै फर्के ।
00000000000000000000000000000000
हिजो आज संजय स्निग्धालाई बारम्बार फ़ोन गरिरहन्छन् । कुनै न कुनै बहानामा भेट्न स्निग्धाको अफिस मै जान्छन् । स्निग्धा पनि फुर्सद भए सम्म भेटिरहन्छिन् । एउटै ठाऊ, एउटै गाऊँघर संगसंगै पढेको हुँदा साथीको रुपमा भेटिरहन्छन् । भेटमा खासै कुरा हुदैन संचो विसन्चो अफिसको काम मात्र । संजय स्निग्धा देख्नासाथ केही थप कुरा गर्नै सक्दैनन् । सिर्फ़ संजयको मनोविज्ञान स्निग्धालाई अत्यन्तै माया गर्छन् । संजय स्निग्धालाई त्यस्तो कुरा भन्न सक्दैनन् । संजयले स्निग्धा बिबाहित महिला हुन् भन्ने पनि चाल नै पाउदैनन् । संजयले थाहा पाऊन पनि कसरी ? काठमाडौ छिरे पछि स्निग्धालाई १०/११ वर्षको अवधिमा एक पटक पनि भेटेकै छैनन् । दुईदुई छोराछोरीको आमा हुन् भनेर कसरी चाल पाओस संजयले । स्निग्धा पनि आईएनजीओको जागिरे सधै चिटिक्क परेर हिड्ने २ वटा छोराछोरी हुर्किसकेको के थाहा संजयलाई । त्यही भएर पनि संजय स्निग्धा भेटेदेखि पिछा गर्न छोडेको छैन ।
00000000000000000000000000000000
एक हप्ता भयो स्निग्धा, अफिस नगएको । सन्चो नभएर । ज्वरो र रुघाखोकी लागेर । संजय स्निग्धालाई भेट्ने वहानामा स्निग्धाको अफिसमा २/३ चोटी पुगे, फ़ोन गरे फ़ोन पनि उठाइनन् स्निग्धाले । संजयलाई कौतुहलता भयो, स्निग्धालाई के भयो ? किन मेरो फ़ोन रिसिभ गरिनन् भनेर । लगातार मोवाइलको घण्टी बजिरह्यो । स्निग्धाले फोन उठाइन् । फ़ोन संजयको थियो ।
स्निग्धा: ( मधुरो स्वरमा ) हेलो ।
संजय:हेलो स्निग्धा ।
स्निग्धा: के कुरा छ भन न ।
संजय: तिमीलाई संचो छैन कि केहो ?
स्निग्धा: हो संजय । रुघाखोकी ज्वरो आएको छ ।
संजय : ऐ । ल ल । म तिमीलाई भेटन म घरै आउछु नि।
स्निग्धा: भयो पर्दैन । १/२ दिनमा ठिक भैहाल्छ नि । म अफिस आउछु त्यतै भेटुला नि !
संजय : हैन म अफिसको कामले भोली दश दिनकोलागि काठमाडौ बाहिर जान्छु । तिमीसंग भेट्न म एकपटक आउछु ।
स्निग्धा: हस् हुन्छ आऊ न त ! त्यसो भए ।
0000000000000000000000000000
फोन गरेको आधा घण्टामा संजय घरमा आईपुगे । गेटमा रहेको बेल थिचे । भित्रबाट स्निग्धा आएर ढोका खोलिन् दुबै बैठक कोठातिर गए । स्निग्धाको ज्वरो कम भैसकेको थियो । संजयले स्निग्धालाई भेट्यो कि म तिमीसंग बिहे गर्छु ? माया गर्छु ? कफी खान आऊ न ? मात्र भनेर दिक्क लगाएका थिए । तैपनि संजयले स्वयम् वास्त्तविकता आफै बुझुन् भनेर नै यो सब प्रपंच गरेकी थिइन् ।
संजय : स्निग्धा म तिमीलाई माया गर्छु ।
स्निग्धा : हजुर । के भनेको ?
संजय : म तिमीसंग बिहे गर्छु ?
यस्ता के नचाहिदो कुरा गरेको ? स्निग्धाले भनिन् ।
संजय एकहोरो लगाउदै : म तिमीलाई असाध्यै माया गर्छु ।
पटक - पटक यही कुरा सुनेर स्निग्धाले कड्किँदै म विबाहित महिला हुं । मेरा दुई जना केटाकेटी छन् । यत्ती भनेपछि
स्निग्धाको कुराले संजय छाँगाबाट खसे झैं भएँ ।
रिसाउदै स्निग्धाले फेरी भनिन्: म त विवाहित हुँ । म कसरी विवाह गर्न सक्छु ? मेरा केटाकेटी भैसके । तिमीले यस्तो कुरा कसरी भन्न सक्छौ ? दिनको चार बज्नै लागेको थियो । स्निग्धाको छोरा छोरी स्कुल सकेर “ मामु - मामु” भन्दै घरभित्र पसे । स्निग्धाको त्यत्रा हुर्किसकेका छोरा - छोरी देखेर संजय तीन छक्क परे । केही बोल्नै सकेनन् । हेरिमात्र रहे ।
0000000000000000000000000000
एकैछिनमा स्निग्धाको पति पवन पनि घरभित्र छिरे । एक्कासी पवनलाई देख्नासाथ संजय झसंग भइ टोहोलाउन थाले । किनकी पवन संजयका एउटै कार्यालयका हाकिम थिए । संजय टोलाएको देखेर स्निग्धाले संजयलाई “संजय” भनेर बोलाइन्। संजय झसंग हुदै , पवनलाई सर नमस्कार गरे । पवनले नमस्कार फर्काए । पवनले संजयलाई तिमी यहां कसरी आई पुग्यौ त ? प्रश्न गरे । संजय असिन् पसिन् भए ।संजयले स्निग्धा मेरो स्कुल पढ्दाको साथी भनेर जवाफ दिए । ए ल ल राम्रो । ल तिमीहरु कुराकानी गर्दै गर्नु भनेर पवनले थप केही कुरा नगरी आफ्नो बेडरुमतिर गए । त्यतीन्जेल संजय असिन् पसिन् भैसकेका थिए । नहुन् पनि कसरी ! आफुले प्रेम प्रस्ताव राखेको मानिसको श्रीमान आफ्नो हाकिम । हुर्के बढेका दुई जना छोराछोरी आफ्नै सामुन्ने। हाकिम पवन कै श्रीमती रहिछन् स्निग्धा भनेर चाल कहिल्यै पाएनन् संजयले । त्यसैले संजयलाई आज मरेकै जुनी झै लाग्यो । यो सबै वास्तविक थाहा पाएपछि संजयले स्निग्धालाई अव कहिल्यै नभेट्ने मनमनै सोचे । माथिबाट पवन तल नओर्लदै स्निग्धालाई जान्छु भनेर बाहिरिए । अव कहिल्यै स्निग्धालाई नभेट्ने भनेर ।
सुन्दर पन्त
नागार्जुन : १०,काठमाडौँ ।