दक्षिण कोरियामा कोभिड–१९ सङ्क्रमितको संख्या ९३ हजार भन्दा बढी

दक्षिण कोरियामा कोभिड–१९ सङ्क्रमितको संख्या ९३ हजार भन्दा बढी

२०७७, फाल्गुण २५ मंगलवार

  • 981
    SHARES

  • दक्षिण कोरियामा कोभिड–१९ सङ्क्रमितको संख्या ९३ हजार भन्दा बढी


    सोल । दक्षिण कोरियामा गत २४ घण्टामा थप ४४६ जनामा कोरोना सङ्क्रमण भएपछि कुल सङ्क्रमितको संख्या ९३ हजार २६३ पुगेको छ । गत आइतबार ३४६ जनामा कोरोना संङ्क्रमण भएको थियो ।

    सोमबार एकै दिनमा एक सय सङ्क्रमित बढी ४४६ मा सङक्रमण देखिएको हो । 
     
    कोरोना शुरु भएयता यहाँँ हालसम्म ८३ हजार ९०० व्यक्ति कोरोना मुक्त भएका छन् । गत २४ घण्टामा दक्षिण कोरियाका तीन व्यक्तिको मृत्यु भएपछि कुल मृतकको संख्या १ हजार ६४५ पुगेको समाचारमा जनाइएको छ ।

    गत फेबु्रअरी २६ बाट कोभिड–१९ विरुद्ध खोप शुरु गरिएको छ र हालसम्म ३ लाख ८३ हजार ३४६ जना खोप लगाइसकेका छन् । 

    २०७७, फाल्गुण २५ मंगलवार०४:२४:०२
    प्रतिक्रिया
    सम्बन्धित समाचार