चिनियाँ बजार बिस्तार विश्वका लागि अवसर : विदेशमन्त्री वाङ

चिनियाँ बजार बिस्तार विश्वका लागि अवसर : विदेशमन्त्री वाङ

२०७७, फाल्गुण २६ बुधवार

  • 1.9K
    SHARES

  • चिनियाँ बजार बिस्तार विश्वका लागि अवसर : विदेशमन्त्री वाङ

    बेइजिङ । सरकारी कार्यहरूको समीक्षा प्रतिवेदनमा स्वदेशी आवश्यकता विस्तार गर्ने रणनीतिलाई चीनले फेरि एक पटक महत्व दिएको छ ।

    चिनियाँ विदेशमन्त्रीले वाङ यीले सञ्चारकर्मीहरूसँग चीनको आर्थिक विकास र अन्तर्रष्ट्रिय बजार विस्तारका कारण विश्वलाई विकासको नयाँ अवसर मिल्ने उनको भनाई रहेको छ ।

    नयाँ विकास बनौटमा चीनले उत्पादन, वितरण, परिसंचरण, उपभोग परिसंचरण हुनसक्ने गार्हस्थ अर्थतन्त्रको निर्माण गर्ने योजना गरेको उनले बताए ।

    यसले अन्तर्राष्ट्रिय लगानी र व्यापारका लागि सुविधा उपलब्ध गराउने र उद्योग–व्यवसायको लागत घटाउने उनको दावी थियो ।

    चीनको शक्तिशाली स्वदेशी बजारको निर्माण र खुलापनको विस्तारबीच एकअर्कालाई बढाएको र विगत चालीस वर्षमा चीनले सुधार तथा खुलापनबाट फाइदा प्राप्त गरेको भन्दै संयुक्त राष्ट्रसंघले चीनको प्रसंशा गर्दै आएको छ ।

    चिनियाँ अधिकारीहरूले चीन सरकार र विकास परियोजनामा सधैँ सुधारको अनुकुलता रहेको दावी गर्दै आएका छन् ।- एजेन्सी । 

    २०७७, फाल्गुण २६ बुधवार०७:१३:४१
    प्रतिक्रिया
    सम्बन्धित समाचार