चीनमा मंगलबार कोरोना सङ्क्रमित भेटिएनन्

चीनमा मंगलबार कोरोना सङ्क्रमित भेटिएनन्

२०७७, फाल्गुण २६ बुधवार

  • 1.0K
    SHARES

  • चीनमा मंगलबार कोरोना सङ्क्रमित भेटिएनन्


    बेइजिङ । चिनियाँ अधिकारीहरुले यहाँ स्थानीय स्तरमा नै सङ्क्रमित भएका कोरोना सङ्क्रमित भेटिएका छैनन् । यहाँका स्वास्थ्य अधिकारीहरुले बुधबार सो जानकारी दिएका हुन् ।

    उनीहरुले मंगलबार चीनमा देशभित्रै सङ्क्रमण सरेका सङ्क्रमित नभेटिएको बताएका छन् । 

    बुधबार चीनमा पाँच जनामात्र सङ्क्रमित भेटिएका थिए र उनीहरु पनि चीन भित्र पाइएको नभएर चीन बाहिरबाट आएको बताइएको थियो ।

    बेइजिङमा बुधबार दिइएको जानकारीमा यहाँ मंगलबार पाँच जना सङ्क्रमित भेटिएका थिए र उनीहरु चीनमा भेटिएका नभएर बाहिरबाट आएका नागरिकमा भेटिएका थिए ।

    ती पाँच जना सांघाइमा भेटिएका थिए । उनीहरु कुन देशबाट आएका हुन् भन्ने बारेमा भने केही बताइएको छैन । 

    २०७७, फाल्गुण २६ बुधवार०४:१२:५५
    प्रतिक्रिया
    सम्बन्धित समाचार