समानान्तर गतिविधि गर्नुपर्ने माधव नेपालपक्षका नेताको धारणा 

समानान्तर गतिविधि गर्नुपर्ने माधव नेपालपक्षका नेताको धारणा 

२०७७, फाल्गुण २७ बिहिवार

  • 1.7K
    SHARES

  • समानान्तर गतिविधि गर्नुपर्ने माधव नेपालपक्षका नेताको धारणा 

    काठमाडौं । फागुन २३ गते सर्वोच्च अदालतले एमाले पुनःस्थापित गरेपछि वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहको गुटगत बैठक बस्न थालेको छ । 

    अदालतले निर्णय दिएको २ दिन पछि नै समूहको भावी रणनीति बनाउन खनाल-नेपाल समूह गुटगत छलफलमा जुटेको हो । समूहले बुधवार वानेश्वरमा अवस्थित अर्याल होटलमा बसेर केन्द्रीय सदस्यहरुको धारणा बुझेको थियो ।

    यद्यपि नेता योगेश भट्टराई पुनः गुटगत भेला गरेर नेतृत्वलाई चिढ्याउन नहुने भन्दै बाहिरिएको श्रोतले बताएको छ । उनै भट्टराईले २०५४ सालमा वामदेव पक्षमा लागेपछि त्यो भन्दा पछिल्ला दिनमा राजनीति भविष्य उठाउन ठूलो मेहनत गर्नु परेको थियो ।

    पुनः पछिल्लो २३ गतेको फैशला पश्चात समूह निकै नै पिडित अवस्थामा रहेको एक केन्द्रीय सदस्यले बताए । यस अवस्थामा छटपटि बढेका कारण पनि नेताहरु गुटगत भेला गर्न थालेका जुन सहि नभएको नाम नखुलाउने सर्तमा ती नेताले बताए । यद्यपि समूहले निरन्तर रुपमा विहिवार पनि स्थायी कमिटी नेताहरु सँग थप सघन छलफल गरेका छन् ।

    समूहको बैठकले आन्तरिक एकतामै जोडदिने तर अन्य कुरा भने अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली र व्यवहारले नै धेरै कुरा निर्धारण गर्नेछ, सचिव गोकर्ण विष्टले भने । 

    “हामी २०७५ जेठ २ गतेको अवस्थामा फर्किएका छौँ । त्यतिबेलाका जिल्ला, प्रदेश र स्थानीय तह कमिटीहरू ब्युँतिएका छन् । तिनीहरूलाई हेरफेर गर्न मिल्दैन,” उपाध्यक्ष युवराज ज्ञवाली भन्छन्, “तिनीहरूलाई केही परिवर्तन गर्नुपर्ने भए तत्काल कमिटीको बैठक बोलाउनुपर्छ ।” 

    आजको बैठकले तत्काल कमिटी बैठक बोलाउन ओलीलाई आग्रह गरेको पनि नेताहरू बताउँछन् । 

    बैठकमा बोल्दै केन्द्रीय सदस्यहरूले आफुलाई कम आँकिए देशव्यापी समानान्तर गतिविधि गर्नुपर्ने धारणा समूहको छलफलमा राखेका थिए ।

    २०७७, फाल्गुण २७ बिहिवार०४:५४:१४
    प्रतिक्रिया
    सम्बन्धित समाचार