काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेले केन्द्रीय कमिटि बैठक बोलाएको छ । बैठक चैत्र १ गते बस्ने एमालेका सचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
फागुन २३ गते आएको सर्वोच्चको फैसलासँगै साविकको एमाले ब्युतिएपछि पहिलो बैठक बस्न लागेको हो । २०७५ जेठ २ पश्चात नेकपा (एमाले) नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको थियो ।
वरिष्ठ नेताद्धय झलनाथ खनाल र नेता माधवकुमार नेपाल पक्षीय केन्द्रीय सदस्यहरुको बिहीबारको भेलाले पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल बैठक बोलाउन आग्रह गर्ने निर्णय गरेको थियो ।
एमाले केन्द्रीय कमिटीमा हाल २०३ सदस्य कायम छन् ।