चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला : नेता रावल

चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला : नेता रावल

२०७७, चैत्र १ आइतवार

  • 2.1K
    SHARES

  • चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला : नेता रावल

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल समूहले यही चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गर्ने घोषणा गरेको छ । 

    सो समूहको सम्पन्न केन्द्रीय कमिटी सदस्य र सांसदको बैठकले भेला आयोजना गर्ने निर्णय गरेको एमालेका नेता भीमबहादुर रावलले जानकारी दिए ।

    कार्यकर्ता भेलामा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सदस्य, सङ्घीय र प्रदेश सांसद, जिल्ला कमिटीका पदाधिकारी, प्रदेश कमिटीका पदाधिकारी र सदस्य, पालिकाहरुमा निर्वाचित प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, पालिकाका पार्टी कमिटीका पदाधिकारी सहभागी हुने नेता रावलले बताए । 

    भेलामा समसामयिक राजनीतिक विषयमा छलफल हुने उनको भनाइ छ । भेलाको संयोजनका लागि विभिन्न नेतालाई जिम्मेवारी दिइएको नेता रावलले उल्लेख गरे।

    २०७७, चैत्र १ आइतवार०७:३५:४४
    प्रतिक्रिया
    सम्बन्धित समाचार