खेतीयोग्य जमिन सिँचाइबाट वञ्चित

खेतीयोग्य जमिन सिँचाइबाट वञ्चित

२०७७, मंसिर २१ आइतवार

  • 2.9K
    SHARES

  • खेतीयोग्य जमिन सिँचाइबाट वञ्चित

    मंसिर २१, काठमाडौं ।

    खेतीयोग्य जमिन सिँचाइ सुविधाको अभावमा बाँझो बन्दै गएको छ । बगनासकाली गाउँपालिका–६ यम्घाको मङरानमा सिँचाइ सुविधाबाट वञ्चित भएसँगै खेतीयोग्य जमिनमा अनुत्पादक जमिनका रुपमा परिणत भएको छ । 

    कालीगण्डकी कोरिडोरको गौँडाकोट, मुतिmनाथ सडक खण्डको मरानमा क्षेत्रमा सडक विस्तार गर्दा कुलो भत्केका छन् । सिँचाइको कुलो सडक विस्तारका नाममा छिन्नभिन्न भएपछि खेती हुन छाडेको स्थानीय बासिन्दाको गुनासो छ ।

    पहिलो २० धाराबाट जमिन सिँचाइ गरी किसानले तीन खेती गर्दै आएका थिए । धान, मकै, गहुँखेती गर्दै आए पनि सिँचाइ सुविधाको अभावमा अहिले मकैखेती मात्र गर्दै आएको स्थानीयबासिन्दा लीलामणि अधिकारीले गुनासो पोखे ।  

    सडक विस्तारले सात वर्षदेखि अहिलेसम्म कुलोको नाम निशाना नरहेको स्थानीय बासिन्दा अधिकारीले बताए । झण्डै सात सय रोपनी जमिनमा अहिले सिँचाइको पहुँच छैन । सिँचाइको सहज पहुँच र अन्नबाली राम्रो हुने देखेर अधिकारी विसं २०६० मा पाल्पाको गुगाबाट बसाइँसराइ गरेर आएका हुन् । 

    “पहिला धान, मकै प्रशस्त उत्पादन हुने ठाउँ हो, हाम्रा बाहुबाजे मकै धान स्याङ्जाका मानिसलाई बेच्थ्यौं”, स्थानीयवासी प्रेम पन्थीले बताए । सिँचाइको सुविधाबाट वञ्चित भएसँगै स्थानीयवासीको जीविकोपार्जनमा समस्या देखिएको छ । 

    कालीगण्डकी कोरिडोर विस्तारपछि यहाँका स्थानीयवासीमा उत्साह थपिएको थियो । स्थानीयवासीले कालीगण्डकी कोरिडोरको सडक विस्तारले खानेपानीका धाराकुवासमेत छिन्नभिन्न भएपछि नदीको पानी बोकेर खानुपरेको छ । 

    २०७७, मंसिर २१ आइतवार०२:३३:२३
    प्रतिक्रिया
    सम्बन्धित समाचार