कांग्रेसको लक्ष्य आमनिर्वाचन नै हो : डा महत

कांग्रेसको लक्ष्य आमनिर्वाचन नै हो : डा महत

२०७७, चैत्र २ सोमवार

  • 1.3K
    SHARES

  • कांग्रेसको लक्ष्य  आमनिर्वाचन नै हो : डा महत

    कैलाली । नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले नेपाली कांग्रेसको लक्ष्य भनेको आउने आमनिर्वाचन रहेको बताएका छन् ।

    नेपाल प्रेस युनियनले आज धनगढीमा गरेको पत्रकार सम्मेलनमा उहाँले कांग्रेसको मूल लक्ष्य आमनिर्वाचनबाट बहुमतका साथ सत्तामा जाने रहेको बताए ।

    उनले भने, “त्यो लक्ष्यबाट दायाँबायाँ गर्दैनौं ।” उनले अहिले निर्वाचन नहुञ्जेलको अवस्थामा के गर्ने भन्ने कुरा संसद्को अङ्कगणितले निर्धारण गर्ने जनाए ।

    उनले भने, “त्यो अङ्कगणित स्वाभाविक रुपमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउने पक्षमा आयो भने कांग्रेसले त्यसको नेतृत्व लिन्छ र लिनुपर्छ भन्ने पार्टीमा आम राय छ ।” नेता महतले कांग्रेस अरु कसैको नेतृत्वमा तथा अरुलाई समर्थन गरेर सरकारमा नजाने स्पष्ट पारे।


    २०७७, चैत्र २ सोमवार१२:३५:३९
    प्रतिक्रिया
    सम्बन्धित समाचार