काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच पार्टी केन्द्रीय धुम्बाराहीमा छलफल भएको छ ।
भेटमा ओली पक्षका नेताहरु ईश्वर पोखरेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली र सुवास नेम्वाङ छन् भने नेपालको तर्फका नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, घनश्याम भुसाल र गोकर्ण विष्ट सहभागी भएका छन् ।