मंसिर २१, काठमाडौं ।
पछिल्लो २४ घण्टामा थप १ हजार ९६ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै कोरोना संक्रमितको संख्या २ लाख ४० हजार ९८१पुगेको छ ।
पछिल्लो २४ घण्टाको अवधीमा १ हजार ७५२ कोरोना संक्रमित निको भएका छन् । नेपालमा हालसम्म २ लाख २५ हजार ८०५ कोरोना संक्रमित निको भइसकेका मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
त्यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधीमा १७ कोरोना संक्रमितको मृत्यु भएको छ । यस सँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ५९४ पुगेको छ ।