माधव नेपाल समूहको राष्ट्रीय भेलामा १० समूह बनाएर छलफल गरिँदै

माधव नेपाल समूहको राष्ट्रीय भेलामा १० समूह बनाएर छलफल गरिँदै

२०७७, चैत्र ५ बिहिवार

  • 3.6K
    SHARES

  • माधव नेपाल समूहको राष्ट्रीय भेलामा १० समूह बनाएर छलफल गरिँदै

    सानेपा । माधव कुमार नेपाल तथा झलनाथ खनाल समूहको राष्ट्रीय भेलामा समूह नै बनाएर छलफल गरिँदै छ ।

    समूहले एमालेको इतिहास, संगठन र विचारमा दावी गर्ने सोच अनुरुप छलफल अगाडि बढाएको बुझिएको छ । 

    नेता बिष्णु रिजालका अनुसार भेलामा सातवटै प्रदेश, जनसम्पर्क कमिटी, जनसङ्गठन तथा पेशागत सङ्गठन र केन्द्रीय निकाय तथा विभाग गरी १० समूह विभाजन गरी छलफल गरिएको छ । ती समूहबाट आएका सुझावलाई आधारमानी अवधारणापत्र सार्वजनिक गरिने छ । 

    सहभागीको समूह विभाजन तथा छलफलमा सहजीकरण गर्नका लागि प्रदेश नं १ मा भीमप्रसाद आचार्य, प्रदेश नं २ मा घनश्याम भुसाल, वाग्मती प्रदेशमा अष्टलक्ष्मी शाक्य, गण्डकी प्रदेशमा गोकर्ण विष्ट, लुम्बिनी प्रदेशमा युवराज ज्ञवाली, कर्णाली प्रदेशमा योगेश भट्टराई, सुदूरपश्चिम प्रदेशमा भीमबहादुर रावल, सम्पर्क कमिटीमा वेदुराम भुसाल, जनसङ्गठन तथा पेशागतमा रघुजी पन्त र केन्द्रीय निकाय तथा विभागमा अमृतकुमार बोहरालाई जिम्मेवारी दिइएको छ ।

    २०७७, चैत्र ५ बिहिवार०७:२८:४१
    प्रतिक्रिया
    सम्बन्धित समाचार