३ वटा इंगलिस क्लव सहित च्याम्पियन्स लिगको क्वाटरफाइनल समिकरण पूरा 

३ वटा इंगलिस क्लव सहित च्याम्पियन्स लिगको क्वाटरफाइनल समिकरण पूरा 

२०७७, चैत्र ५ बिहिवार

  • 1.9K
    SHARES

  • ३ वटा इंगलिस क्लव सहित च्याम्पियन्स लिगको क्वाटरफाइनल समिकरण पूरा 

    काठमाडौं । युरोपको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता युरोपियन च्याम्पियन्स लिग २०२०-२१ को क्वाटरफायनलमा पुग्ने ८ टोलीको टुङ्गो लागेको छ ।

    बुधबार राति भएको खेलमा चेल्सी र बार्यन म्युनिख विजयी भएपछि अन्तिम १६ पश्चात यस सिजन क्वाटरफाइनल खेल्ने ८ वटै टोलीको छिनोफानो भएको हो ।

    चेल्सीसँगै इंग्ल्याण्डबाट म्यानचेष्टर सिटी र लिभरपुलसहित सर्वाधिक ३ क्लब क्वाटरफाइनल पुगेका छन् । यस्तै जर्मनीबाट बार्यन र बोरुसिया डर्टमण्ड क्वाटरफाइनल पुगेका छन् ।

    यस बाहेक स्पेनबाट सर्वाधिक १३ पटकको च्याम्पियन रियल मड्रिडमात्र क्वाटरफाइनल पुगेको छ । स्पेनिस क्लबहरु बार्सिलोना, एट्लेटिको मड्रिड र सेभिया भने अन्तिम १६ बाटै बाहिरिए ।

    फ्रान्सबाट पेरिस सेन्ट जर्मने पीएसजी र पोर्चुगलबाट एफसी पोर्टो क्वाटरफाइनलमा पुगेका छन् । युरोपको शीर्ष पाँच लिगमध्ये इटालियन सिरी ए बाट भने कुनै टोली क्वाटरफाइनल पुग्न सकेनन् ।

    इटालियन क्लब युभेन्ट्स, लाजियो र एटलान्टा अन्तिम १६ बाटै बाहिरिएका हुन् ।

    क्वाटरफाइनल पुगेकामध्ये म्यानचेष्टर सिटी र पीएसजी बाहेक अरु ६ क्लब पूर्वविजेता समेत हुन् । पीएसजी गत सिजन फाइनल पुगेपनि बार्यनसँग पराजित भएको थियो ।

    अब क्वाटरफाइनल र सेमिफाइनलका लागि शुक्रबार स्वीट्जरल्याण्डको नियोनमा हुनेछ । क्वाटरफाइनलको पहिलो लिगका खेलहरु अप्रिल ६/७ मा हुनेछ भने दोस्रो लेग अप्रिल १३/१४ मा हुनेछ ।

    यस्तै सेमिफाइनलको पहिलो लेगका खेलहरु अप्रिल २७/२८ मा हुनेछ भने दोस्रो ग मे ४/५ मा हुनेछ ।

    फाइनल खेल मे २९ मा टर्कीको स्तानबुलस्थित आटाटुर्क ओलम्पिक स्टेडियममा हुनेछ ।

    २०७७, चैत्र ५ बिहिवार१०:०८:२३
    प्रतिक्रिया
    सम्बन्धित समाचार