रुसी विदेश मन्त्रीले चीनको भ्रमण गर्ने

रुसी विदेश मन्त्रीले चीनको भ्रमण गर्ने

२०७७, चैत्र ५ बिहिवार

  • 1.6K
    SHARES

  • रुसी विदेश मन्त्रीले चीनको भ्रमण गर्ने

    बेइजिङ । रुसका विदेश मन्त्री सर्गेई लाभरोभले आगामी मार्च २२ र २३ तारिखमा चीनको भ्रमण गर्ने  भएका छन् । 

    चिनियाँ स्टेट काउन्सिलर एवं विदेश मन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा रुसी विदेश मन्त्री लाभरोभ चीन आउन लागेका  चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले बिहीबार घोषणा गरेका हुन् ।

    पछिल्लो समय रुस र चीनबीचको सम्बन्ध थप सुदृढ हुँदै गएको छ । कतिपय विश्व मामिलामा राष्ट्रसंघ मार्फत रुस र चीनले समान धारणा अघि सार्ने गरेका छन् । 

    २०७७, चैत्र ५ बिहिवार०४:४४:४१
    प्रतिक्रिया
    सम्बन्धित समाचार