डिजिटल टोकन प्रणाली शुरु

डिजिटल टोकन प्रणाली शुरु

२०७७, चैत्र ५ बिहिवार

  • 5.7K
    SHARES

  • डिजिटल टोकन प्रणाली शुरु

    लमजुङ । बेंसीशहर नगरपालिका– ८ मा रहेको जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीका लागि आजदेखि डिजिटल टोकन प्रणालीको शुरुआत गरेको छ ।

    सेवाग्राहीको भीडलाई मध्यनगर गर्दै सेवा प्रवाहलाई व्यवस्थित बनाउने उद्देश्यले सो कार्यालयले नागरिकता, पासपोर्ट र राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीका लागि डिजिटल टोकन प्रणालीको शुरुआत गरेको हो ।
     
    क्वहोलासोथर गाउँपालिका– २ मालिङबाट नागरिकताका लागि आउनुभएका १८ वर्षीय साजन गुरुङलाई पहिलो टोकन लिन लगाएर शुभारम्भ गरिएको छ ।

    बेंसीशहर– १ उदिपुरबाट आएका ५६ वर्षीय ललितबहादुर सुनारले राष्ट्रिय परिचयपत्र तथा सोही नगरपालिका वडा नं ६ बेलौतीविसनाका ३८ वर्षीय चन्द्रबहादुर रिमालले टोकन लिएका थिए ।

    तीन सेवाग्राहीलाई प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले खादा ओढाएरले सम्मान गर्दै टोकन प्रणालीले कार्यालयका कर्मचारी र सेवाग्राहीलाई सहज पुगेको बताए । 

    उनले अभिलेख शाखालाई पहिलाभन्दा व्यवस्थित बनाइएको जानकारी दिए । सो कार्यालयमा यी तीन सेवाका लागि मात्र दैनिक २०० को हाराहारीमा सेवाग्राही आउने गरेका प्रजिअ शर्माले बताए ।

    नागरिकता शाखा, राष्ट्रिय परिचयपत्र शाखा र राहदानी शाखाका लागि आएका सेवाग्राहीले यहाँ रहेको मेशिनमा थिचेर आफ्नो टोकन नं प्राप्त गर्ने छन् भने सोही नम्बरका आधारमा पालैपालो सेवाग्राहीले सेवा प्राप्त गर्नेछन् । 

    २०७७, चैत्र ५ बिहिवार०५:५३:३८
    प्रतिक्रिया
    सम्बन्धित समाचार