बीबीसीका म्यानमार संवाददाता बेपत्ता

बीबीसीका म्यानमार संवाददाता बेपत्ता

२०७७, चैत्र ७ शनिवार

  • 3.7K
    SHARES

  • बीबीसीका म्यानमार संवाददाता बेपत्ता

    याङ्गुन । म्यानमारस्थित आफ्ना समाचारदाता बेपत्ता भएको बेलायती प्रसिद्ध समाचार संस्था बीबीसीले जनाएको छ ।

    अपरिचित व्यक्तिहरुले उनलाई शुक्रबार नियन्त्रणमा लिएर बेपत्ता पारेको बीबीसीका अधिकारीहरूको भनाइ छ ।

    “म्यानमारस्थित हाम्रा समाचारदाता अउङ थुराको अवस्थाका बारेमा हामीलाई गहिरो चिन्ता लागेको छ, उनलाई अपरिचित व्यक्तिहरूले बेपत्ता पारेका छन्,” उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

    म्यानमारको राजधानीबाट दिउसो नै उनी बेपत्ता भएको र उनको खोजीका लागि बीबीसीले सवै प्रयास गरिरहेको पनि जनाइएको छ ।

    उनलाई तत्काल सुरक्षित रुपमा उद्धार गर्न र खोजी कार्यमा सक्रिय हुन बीबीसीले सवै सरोकारवालाहरूलाई आह्वान गरेको छ । 

    बीबीसीका समाचारदातासँगै स्थानीय मिज्जीमाका समाचारदाता थान हटिक अउङ पनि बेपत्ता भएका छन् । उनलाई पनि अपहरण गरिएको सो संस्थाले जनाएको छ । 

    म्यानमारमा गत फेबु्रअरी १ देखि सेनाले सत्ता कब्जा गरेपछि राजनीतिक आन्दोलन चलिरहेको छ । आन्दोलनका क्रममा दर्जनौको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् ।  

    सेनाले नेतृ आङसान सूचीसहित धेरै नेताहरूलाई अहिले पनि नियन्त्रणमा राखेको छ ।- एजेन्सी ।  

    २०७७, चैत्र ७ शनिवार०७:४२:३९
    प्रतिक्रिया
    सम्बन्धित समाचार