श्रीलङ्कामा सङ्क्रमितको सङ्ख्या ८९ हजारभन्दा बढी

श्रीलङ्कामा सङ्क्रमितको सङ्ख्या ८९ हजारभन्दा बढी

२०७७, चैत्र ७ शनिवार

  • 1.1K
    SHARES

  • श्रीलङ्कामा सङ्क्रमितको सङ्ख्या ८९ हजारभन्दा बढी

    कोलक्बो । श्रीलङ्कामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ८९ हजारभन्दा बढी पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    श्रीलङ्कामा पछिल्लो चौबीस घण्टामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएका व्यक्तिको सङ्ख्या ३०० रहेको मन्त्रालयले पुष्टि गर्दै अहिलेसम्म कूल ८९ हजारभन्दा बढी व्यक्ति सङ्क्रमित भएको तथ्याङ्क मन्त्रालयले सार्वजनिक गरेको हो ।

    श्रीलङ्कामा अहिलेसम्म कूल ८५ हजार ९४४ जना सङ्क्रमणमुक्त बनेका छन् भने दुई हजार ६९३ सक्रिय सङ्क्रमित रहेका बताइएको छ ।

    यहाँ कोभिड–१९ सङ्क्रमित ५३८ व्यक्तिको मृत्यु भएको छ । श्रीलङ्कामा अहिलेसम्म आठ लाख व्यक्तिले खोप लिइसकेका छन् । -एजेन्सी । 

    २०७७, चैत्र ७ शनिवार०८:०४:२२
    प्रतिक्रिया
    सम्बन्धित समाचार