कङ्गोमा दुई महिनामा दुई सयको मृत्यु, ४० हजार विस्थापित 

कङ्गोमा दुई महिनामा दुई सयको मृत्यु, ४० हजार विस्थापित 

२०७७, चैत्र ७ शनिवार

  • 2.0K
    SHARES

  • कङ्गोमा दुई महिनामा दुई सयको मृत्यु, ४० हजार विस्थापित 

    जेनेभा । द्वन्द्वग्रस्त लोकतान्त्रिक गणतन्त्र कङ्गोमा गत जनवरीदेखि अहिलेसम्म मात्रै झण्डै दुई सय जनाको मृत्यु भएको छ । 

    संयुक्त राष्ट्रसंघीय निकायले सोही अवधिमा अरु ४० हजार मानिस विस्थापित पनि भएको विवरण शुक्रबार सार्वजनिक गरेको छ ।  

    राष्ट्रसंघको शरणार्थीसम्वन्धी निकायले दुखद घटनाहरू बढ्दै गइरहेको उल्लेख गर्दै घटनामा कुख्यात एलाइड डेमोक्र्याटिक फोर्स (एडिएफ) दोषी रहेको दावी गरेको छ । 

    कङ्गोमा सन् १९९५ देखि युगाण्डाको इस्लामिक ग्रुप हिंसात्मक क्रियाकलापमा सक्रिय हुँदै आएको छ । यस बर्ष सन् २०२१ को सुरुदेखि नै हिंसात्मक घटना धेरै भएको देखिएको छ ।

    घटनामा परी दर्जनौ घाइते भएका छन् भने हजारौँ विस्थापित भएका छन् । उनीहरूलाई विभिन्न ठाउँमा अस्थायी बसोबासको व्यवस्था गरिएको छ ।

    तर आधारभूत सेवा सुविधाको भने समस्या रहेको अधिकारीहरूले जनाएका छन् । विषेशगरी बस्ने ठाउँ, खाना, पानी र स्वास्थ्य सेवाको अभाव रहेको उनीहरूको भनाइ छ । 

    द्वन्द्वका क्रममा महिला र बालबालिका सवैभन्दा बढी पिडित भएका छन् भने खतरामा पनि उनीहरू नै रहेका छन् । 
     
    कोरोनाभाइरस र इबोलाको महामारी फैलिने डर पनि उत्तिकै रहेको अनुगमनकर्ता अधिकारकर्मीहरूले जनाएका छन् ।- एजेन्सी । 

    २०७७, चैत्र ७ शनिवार०८:१५:१६
    प्रतिक्रिया
    सम्बन्धित समाचार