सिन्धुली । राष्ट्रीय धर्मसभा नेपालको चौथो अधिवेशन सम्पन्न भएको छ ।
शनिवार दुम्जा कुशेस्वर महादेवस्थानमा सम्पन्न भएको अधिवेशनले प्रा.डा. माधव भट्टराईको अध्यक्षतामा २७ सदस्यीय कार्य समिति निर्माण गरेको हो । समितिको कार्यकाल २ वर्षको हुनेछ ।
देशका विभिन्न जिल्लाका धार्मिकस्थलमा पुगेर कार्यक्रम गरिने योजना बमोजिम यस पटक कुशेस्वर महादेवस्थान छनौटमा परेको डा भट्टराईले जनाएका छन् ।
समितिको आगामि बस्ने बैठकबाट थप कार्ययोजना निर्माण गर्दै अगाडी बढ्ने पनि भट्टराईले जनाए ।