कांग्रेसलाई सरकारको नेतृत्व गर्न परिस्थिति परिपक्व भएको छैन : नेता लेखक

कांग्रेसलाई सरकारको नेतृत्व गर्न परिस्थिति परिपक्व भएको छैन : नेता लेखक

२०७७, चैत्र १० मंगलवार

  • 2.0K
    SHARES

  • कांग्रेसलाई सरकारको नेतृत्व गर्न परिस्थिति परिपक्व भएको छैन : नेता लेखक

    काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले कांग्रेसले सरकारको नेतृत्व गर्न अझै परिस्थिति परिपक्व नभएको बताएका छन् । 

    कांग्रेस केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता लेखकले स्थिति परिपक्व भएको अवस्थामा मात्र कांग्रेसले सरकारको नेतृत्व गर्ने बताए ।

    आवश्यक परे वैकल्पिक सरकार बनाउनेबारे पार्टीले यसअघि नै स्पष्ट पारिसकेको उनले उल्लेख गरे । पार्टीको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा सरकार गठनबारे आज कुनै छलफल नभएको नेता लेखकको भनाइ थियो । 

    नौ जिल्लाले क्रियाशील सदस्यताको विवरण पठाएनन्

    नौ जिल्लाले कांग्रेस क्रियाशील सदस्यको विवरण पठाउन बाँकी रहेको छ । पार्टी कार्यालयमा सञ्चारकर्मीलाई जानकारी दिनुहुँदै कांग्रेस केन्द्रीय सदस्य एवं क्रियाशील सदस्यता छानबिन समितिका संयोजक लेखकले बारा, सिराहा, सप्तरी, धनुषा, बाँके, बर्दिया, रुकुम पूर्व, डोल्पा र रसुवाबाट क्रियाशील सदस्यता वितरण तथा नवीकरणको विवरण प्राप्त हुन नसकेको जानकारी दिए । 

    हालसम्म झण्डै चार लाख क्रियाशील सदस्यता वितरण र नवीकरण भएको नेता लेखकले जानकारी दिए । यसबारे उनले आज पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीहरुलाई जानकारी गराएका छन् ।

    हालसम्म दुई लाख १२ हजार ५१९ जनाको क्रियाशील सदस्यता नवीकरण भएको र एक लाख ८० हजार २७५ नयाँ क्रियाशील सदस्यता वितरण गरिएको उनले बताए । 

    महाधिवेशन कार्यतालिकाअनुसार जिल्लाहरुले क्रियाशील सदस्यता वितरण तथा नवीकरणको सबै विवरण चैत १० भित्र सबै केन्द्रमा पठाइसक्नुपर्ने थियो । समयमै विवरण नपठाउने जिल्लाले कांग्रेसको आगामी १४औँ महाधिवेशनमा भाग लिन नपाउने प्रावधान छ ।

    अहिले पार्टीमा झण्डै पाँच लाख क्रियाशील सदस्य रहेको नेता लेखकले बताए । पार्टीको आगामी महाधिवेशनसम्म क्रियाशील सदस्यको सङ्ख्या १० लाख पुग्ने उनले जानकारी दिए ।  

    २०७७, चैत्र १० मंगलवार०६:५२:५१
    प्रतिक्रिया
    सम्बन्धित समाचार