चैत्र १०, काठमाडौं ।
यसो हेर्छु देशको राजनीति अव त सुध्रेला सुध्रेला जस्तो लाग्छ
नेताको बानी व्यहोरा हेर्छु श्री ३ भन्दा माथि नै पो जस्तो लाग्छ
अझ स्वकियहरुको कुरै नगरौ देश नै बाऊकै पेवा जस्तो गर्छन्
यथार्थ लुकाउछन - भ्रम छर्न माहिर, कुरो पत्याउनै पर्ने पार्छन्
न यो दल - न त्यो दल, सबै उस्तै उस्तै ! खै कस्तो कस्तो ?
यो देश यस्तै हो कि ? हामी नै त्यस्तो ! खै कस्तो कस्तो ?-१
कुनै बेला अगेनोबाट ढिंडो ओराल्लिन र खाम्ला भन्ने कमरेड
बेलुन फुके झै भुक्क भाछन् हजार नदेख्याले करोडौ छ दामरेट
पुराना कमरेड भेट्न आए छैन भेट तस्करकालागि खुल्ला छ गेट
अफ़सोस ! कोही जहाँको तही -कहाँबाट कहाँ पुगे नव कमरेड
न त एमाले - न त कांग्रेस, सबै उस्तै उस्तै ! खै कस्तो कस्तो ?
यो देश यस्तै हो कि ? हामी नै त्यस्तो ! खै कस्तो कस्तो ?-२
सबेरै ऊठछन् सर्वहाराहरु ब्रेकफ़ास्ट र कफीको अडर गर्छन
अखवारको शीर्षक पढ्छन आफ्नो प्रशंसाको पाता हेर्छन
प्रशंसा भए फुरुंग पर्छन गाली गलौज भए प्रतिगामी भन्छन
सोच नै कस्तो - कस्तो भयो सुधार भन्दा क्रुर निर्दयी बन्छन
न त नेकपा - न त राप्रपा सबै उस्तै उस्तै ! खै कस्तो कस्तो ?
यो देश यस्तै हो कि ? हामी नै त्यस्तो ! खै कस्तो कस्तो ?-३
हेर त यता गए नि लावा लस्कर, उता गए नि लावा लस्कर
शहिद परिवार, पेटमा छर्रा र हात खुट्टा गुमाएका हो कि भन्छु
हैन रैछ यसो हेर्छु वरिपरी त तस्करै तस्करको भीड पो देख्छु
आफु त सामान्य गाऊको मान्छे जे जे देख्छु त्यही लेख्छु ।
न त जनता दल - न त मधेधी दल, सबै उस्तै उस्तै ! खै कस्तो कस्तो ?
यो देश यस्तै हो कि ? हामी नै त्यस्तो ! खै कस्तो कस्तो ?-४
सुन्दर पन्त
नागार्जुन, काठमाडौ ।