भट्टराई दम्पतिद्धारा गौतमबुद्ध रंगशालालाई आर्थिक सहयोग 

भट्टराई दम्पतिद्धारा गौतमबुद्ध रंगशालालाई आर्थिक सहयोग 

२०७७, चैत्र ११ बुधवार

  • 2.7K
    SHARES

  • भट्टराई दम्पतिद्धारा गौतमबुद्ध रंगशालालाई आर्थिक सहयोग 

    काठमाडौं । भट्टराई दम्पति रोशन भट्टराई र साबित्रा सुवेदीले गौतमबुद्ध अन्तर्राष्ट्रीय रंगशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई आर्थिक सहयोग गरेका छन् । 

    जनस्तरबाट निर्माण भईरहेको अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानका लागि इलाम निवासी भट्टराई दम्पतिले रु ५,००० रुपैयाँ सहयोग फाउण्डेशनलाई प्रदान गरेका हुन् ।

    रंगशाला निर्माण चल्दै गर्दा फाउण्डेशनले आर्थिक अभाव देखाउँदै केहि दिन अघि मात्र "मेरो कुर्सी अभियान" सार्वजनिक गरेको थियो ।

    हालसम्म रंगशालाको ३० प्रतिशत काम सम्पन्न भइसकेको छ । आर्थिक श्रोत समयमा नै व्यवस्थापन भए अबको १ वर्ष भित्र रंगशाला निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको पनि फाउण्डेसनले जनाएको छ । 

    २०७७, चैत्र ११ बुधवार१२:२८:०७

    केशव भट्टराई

    प्रतिक्रिया
    सम्बन्धित समाचार