प्रथम जिल्ला समन्वय खुला ब्याडमिन्टन शुरु

प्रथम जिल्ला समन्वय खुला ब्याडमिन्टन शुरु

२०७७, चैत्र ११ बुधवार

  • 1.3K
    SHARES

  • प्रथम जिल्ला समन्वय खुला ब्याडमिन्टन शुरु

    नुवाकोट । जिल्ला समन्वय समितिका आयोजनामा ‘प्रथम जिल्ला समन्वय खुला ब्याडमिन्टन प्रतियोगिता’ बट्टारस्थित कभर्ड हलमा आजदेखि शुरु भएको छ ।

    तीनदिनसम्म सञ्चालन हुने प्रतियोगितामा ४६ टोलीका ९२ खेलाडी सहभागी छन् । प्रतियोगितामा रसुवा जिल्लाको पनि ६ टोलीका १२ खेलाडी सहभागी छन् । 

    जिल्लामा ब्याडमिन्टनको अहिलेसम्मको सबैभन्दा ठूलो भनिएको प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई रु २० हजार, रु १५ हजार र रु.१० हजारसहित पुरस्कार प्रदान गरिने छ ।  

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामाले प्रतियोगिता उद्घाटन गर्दै प्रतियोगिताले खेलप्रति जिल्लावासीमा थप रुचि पैदा गर्ने बताए ।

    विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले खेलकूद र खेल संरचनामा नगरपालिका र  प्रदेश सरकारले लगानी गरिरहेको बताए ।  आयोजक जिससका प्रमुख सन्तमान तामाङले प्रतियोगिताबाट जिल्लामा ब्याडमिन्टनप्रतिको आकर्षण बढ्ने बताए । 

    २०७७, चैत्र ११ बुधवार०५:५९:१४
    प्रतिक्रिया
    सम्बन्धित समाचार