ब्राजिलमा एकैदिनमा अहिलेसम्म धेरैको मृत्यु

ब्राजिलमा एकैदिनमा अहिलेसम्म धेरैको मृत्यु

२०७७, चैत्र १२ बिहिवार

  • 1.1K
    SHARES

  • ब्राजिलमा एकैदिनमा अहिलेसम्म धेरैको मृत्यु

    ब्राजिलिया । कोरोनाभाइरसको महामारीबाट अत्यन्त प्रभावित मुलुक ब्राजिलमा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरैको मृत्यु भएको छ । 

    महामारी सुरु भएदेखि अहिलेसम्मका दिनमध्ये मङ्गलबार सबैभन्दा धेरै जनाको मृत्यु भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । 

    उनीहरूले सार्वजनिक गरेको विवरणअनुसार मङ्गलबार मात्रै ब्राजिलमा तीन हजार २५१ जनाको मृत्यु भएको देखिएको छ । 

    योसँगै ब्राजिलमा कारोनाभाइरसका कारण मृत्यु भएकाहरूको सङ्ख्या दुई लाख ९८ हजार ६७६ पुगेको छ ।

    यत्सैगरी पछिल्लो एक दिनमा ब्राजिलमा कोरोनाभाइरसबाट ८२ हजार ४९३ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ ।

    ब्राजिलमा अहिलेसम्म कूल एक करोड २१ लाख ३० हजार १९ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । -एजेन्सी । 

    २०७७, चैत्र १२ बिहिवार०६:४७:२७
    प्रतिक्रिया
    सम्बन्धित समाचार