अमेरिकामा कोभिड १९का संक्रमितको संख्या तीन करोड नाघ्यो

अमेरिकामा कोभिड १९का संक्रमितको संख्या तीन करोड नाघ्यो

२०७७, चैत्र १२ बिहिवार

  • 1.1K
    SHARES

  • अमेरिकामा कोभिड १९का संक्रमितको संख्या तीन करोड नाघ्यो

    न्युयोर्क । अमेरिकामा कोभिड १९ का संक्रमितहरुको संख्या तीन करोड नाघेको बताइएको छ । जोन हप्किन्स विश्वविद्यालयले बुधबार दिएको जानकारीअनुसार अहिले अमेरिकामा समग्र संक्रमितको संख्या तीन करोड एक हजार २४५ जना पुगेको हो । 

    अमेरिकामा पछिल्लो एक सातामै कोरोना भाइरस (कोभिड–१९) का संक्रमित निकै बढेका बताइएको छ ।

    अमेरिकी समाचार संस्था सीएनएनकाअनुसार पछिल्लो एक सातामा अमेरिकामा कोरोना भाइरसका संक्रमित निकै तीब्र गतिमा बढेका हुन् । गत सोमबारसम्म अमेरिकामा पाँच लाखभन्दा बढी मानिसको ज्यान कोभिड–१९ को कारण गएको थियो । 

    मृतकको संख्या पनि पछिल्ला केही समयमा तिब्र गतिमा बढेको बताइएको छ । अहिले अमेरिकमा मृतकको संख्या पाँच लाख ४५ हजार ५३ जना पुगेको बताइएको छ ।

    अमेरिकामा पछिल्लो समयमा कोभिडको नयाँ प्रजातिको भाइरसको पनि प्रकोप देखिएको बताइएको छ । अमेरिकी राज्यहरुमध्ये सबैभन्दा धेरै प्रभावित यहाँको क्यालिफोर्निया राज्यमा परेको छ ।

    उक्त राज्यमा ३६ लाख ४७ हजारभन्दा बढी व्यक्ति यो महामारीबाट संक्रमित भएका बताइएको छ । त्यसपछि टेक्सासमा २७ लाख र फ्लोरिडामा २० लाखभन्दा बढी मानिस संक्रमित भएका छन् ।

    त्यसैगरी न्युयोर्कमा भने १८ लाखभन्दा बढी मानिस संक्रमणको चपेटामा परेका छन् । यसरी संयुक्त राज्य अमेरिका विश्वकै सबैभन्दा बढी संक्रमित र मृत्यु भएको सबैभन्दा बढी प्रभावित देशको सूचीमा परेको छ ।- एजेन्सी । 

    २०७७, चैत्र १२ बिहिवार१२:१२:०६
    प्रतिक्रिया
    सम्बन्धित समाचार