वाग्मती गोल्डकप राष्ट्रिय फुटबल शुक्रबारदेखि

वाग्मती गोल्डकप राष्ट्रिय फुटबल शुक्रबारदेखि

२०७७, चैत्र १२ बिहिवार

  • 1.9K
    SHARES

  • वाग्मती गोल्डकप राष्ट्रिय फुटबल शुक्रबारदेखि

    वाग्मती । मकवानपुरमा चौथो वाग्मती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता –२०७७ शुक्रबारदेखि     हुँदै छ ।

    मकवानपुर, वाग्मती गाउँपालिकाको जनता माध्यमिक विद्यालयको मैदानमा हुने गोल्डकपको उद्घाटन खेल आयोजक, वाग्मती खेलकूद विकास समिति र नवजनजागृति युवा क्लब सिमरा बीच हुने छ । 

    गोल्डकपमा थ्रीस्टार क्लब, मकवानपुर–११, एपिएफ क्लब, हिमालयन शेर्पा क्लब, जाउलाखेल युथ क्लब, वाग्मती युवा क्लब सर्लाही, बिर्तामोड युनाइटेड र अफ्रिकन  रुट् एशोसिएशन क्यामरुन गरी आठ टोली सहभागी  हुने आयोजकले जनाएको छ । खेलको विजेताले रु  आठ लाख र  उपविजेताले रु  चार लाख प्राप्त गर्ने बताइएको छ । 

    २०७७, चैत्र १२ बिहिवार०१:२४:२१
    प्रतिक्रिया
    सम्बन्धित समाचार