जर्मनीबाट रु एक अर्ब चालीस करोड अनुदान प्राप्त हुँदै

जर्मनीबाट रु एक अर्ब चालीस करोड अनुदान प्राप्त हुँदै

२०७७, चैत्र १२ बिहिवार

  • 1.1K
    SHARES

  • जर्मनीबाट रु एक अर्ब चालीस करोड अनुदान प्राप्त हुँदै

    काठमाडौँ । सङ्घीय गणतन्त्र जर्मनीले नेपालको हरित पुनःप्राप्ति प्रोत्साहन तथा समावेशी विकासका लागि रु एक अर्ब चालीस करोड अनुदान सहयोग गर्ने भएको छ ।

    अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा नेपालका लागि जर्मनीका राजदूत रोलान्ड शेफेर र अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले बुधबार हस्ताक्षर गर्नुभएको यहाँस्थित सङ्घीय गणतन्त्र जर्मनीको राजदूतावासले आज जनाएको छ ।

    नेपालका नगरोन्मुख भेगका निजी तथा सार्वजनिक क्षेत्रमा कृषिभूमि सौर्य ‘ग्रिड’ विस्तार, सौर्य ऊर्जाको उपयोगबाट सिँचाइको व्यवस्था तथा समावेशी आर्थिक विकासका लागि अनुदान सहयोग खर्च गरिनेछ ।

    साथै सुदूरवर्ती क्षेत्रमा लघुग्रिडका माध्यमबाट भरपर्दो स्वच्छ ऊर्जा उपलब्ध गराइने छ । अनुुदान सहयोगको प्राविधिक पक्षले सार्वजनिक र निजी क्षेत्रका स्वच्छ ऊर्जासम्बन्धी परियोजना कार्यान्वयनमा टेवा पु-याउने तथा वित्तीय सहायताको पाटाले लगानीका निम्ति भरथेग गर्नेछन् ।

    २०७७, चैत्र १२ बिहिवार०३:५५:३९
    प्रतिक्रिया
    सम्बन्धित समाचार