इजरायलमा ९० प्रतिशत मत गणना, नेतन्याहुले गठबन्धन सरकार बनाउने अनुमान

इजरायलमा ९० प्रतिशत मत गणना, नेतन्याहुले गठबन्धन सरकार बनाउने अनुमान

२०७७, चैत्र १३ शुक्रवार

  • 1.9K
    SHARES

  • इजरायलमा ९० प्रतिशत मत गणना, नेतन्याहुले गठबन्धन सरकार बनाउने अनुमान

    जेरुसेलम । इजरायलमा भएको निर्वाचनको मतगणना सुरू भई बिहीबार यो समाचार लेख्दासम्म ९० प्रतिशत मत गणना भएको निर्वाचन अधिकारीहरुले जानकारी दिएका छन् । 

    संसदको कुल १२० सिटका लागि भएको निर्वाचनमा पछिल्लो दुई बर्षमा इजरायलमा अहिले चौथो पटक निर्वाचन भएको हो ।   

    राजनीतिक अस्थिरताका कारण पटक पटक निर्वाचन गर्नु परेपनि अव भने पुरा कार्यकाल संसद चल्ने विश्वास मतदाताले गरेका छन् । 

    अहिलेसम्मको गणना अनुसार प्रधानमन्त्री बेन्जामिन नेतान्याहुँको पार्टीले ५२ प्रतिशत सिटमा जित हासिल गर्ने अनुमान गरिएको छ । उनलाई बहुमत पुर्याउन अरु ९ सिट आवश्यक पर्दछ । 

    त्यसैगरी उनको प्रतिस्पर्धी अर्को गठबन्धनले भने ५७ सिट सफलता प्राप्त गर्ने विश्लेषण गरिएको अधिकारीहरूले जनाएका छन् । 

    त्यसैगरी यसपहिले लिकुड पार्टीको सहयोगीसमेत रहेको यमिना समूहले ७ सिट जित्ने अनुमान गरिएको छ भने त्यसले नेतान्याहुँसँग गठबन्धन गर्ने अपेक्षा गरिएको छ ।  

    निर्वाचनको अन्तिम नतिजा भने शुक्रबार सार्वजनिक हुने प्रबल सम्भावना रहेको निर्वाचन आयोगका अधिकारीहरूले बताएका छन् ।- एजेन्सी । 

    २०७७, चैत्र १३ शुक्रवार०६:४६:२५
    प्रतिक्रिया
    सम्बन्धित समाचार