भारतीय राष्ट्रपति अस्पताल भर्ना

भारतीय राष्ट्रपति अस्पताल भर्ना

२०७७, चैत्र १४ शनिवार

  • 1.1K
    SHARES

  • भारतीय राष्ट्रपति अस्पताल भर्ना

    नयाँदिल्ली । भारतका राष्ट्रपति रामनाथ कोविन्द शुक्रबार अस्पताल भर्ना भएका छन् ।  

    छातीमा सामान्य समस्या महसुस गरेपछि उनलाई नयाँ दिल्लीस्थित सैनिक अस्पताल भर्ना गरिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

    अस्पतालले उनको अवस्था सामान्य र स्थिर नै रहेको जनाएको छ । “राष्ट्रपति कोविन्द अस्पताल आउनु भयो, उहाँले आज विहान छातीमा असजिलो महसुस गरेपछि उहाँलाई अस्पताल ल्याइएको हो,” अस्पतालद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।   

    राष्ट्रपति कोविन्द अझै पनि चिकित्सकहरुको निगरानीमै रहेका अस्पतालले जनाएको छ ।

    प्रधानमन्त्री नरेन्द्र मोदी औपचारिक भ्रमणका लागि बङ्लादेश गएकै दिन राष्ट्रपति कोविन्द अस्पताल भर्ना भएका हुन् ।   

    विदेश भ्रमणमा रहेपनि प्रधानमन्त्री मोदीले राष्ट्रपतिको स्वास्थ्य अवस्थाका बारेमा चासो राखेका थिए । उनले राष्ट्रपतिका छोरासँग उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका थिए । 
     
    प्रधानमन्त्री मोदीले राष्ट्रपतिका छोरासँग उनको अवस्थाका बारेमा कुराकानी गरेको प्रधानमन्त्री कार्यालयले पनि पुष्टि गरेको छ । 

    २०७७, चैत्र १४ शनिवार०७:०२:१३
    प्रतिक्रिया
    सम्बन्धित समाचार