पार्टी एकतालाई ध्यान दिनुपर्छ : वरिष्ठ नेता खनाल

पार्टी एकतालाई ध्यान दिनुपर्छ : वरिष्ठ नेता खनाल

२०७७, चैत्र १४ शनिवार

  • 2.3K
    SHARES

  • पार्टी एकतालाई ध्यान दिनुपर्छ : वरिष्ठ नेता खनाल

    काठमाडौँ । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले दहैसम्म लचिलो भएर पार्टी एकतालाई ध्यान दिनुपर्ने बताएका छन् । 

    झलनाथ–माधव समूहको केन्द्रीय सदस्यको शुक्रवार आयोजित भेलालाई सम्बोधन गर्दै उनले एकतालाई आफूहरुले जोड दिएपनि वर्तमान अध्यक्ष केपी शर्मा ओलीले त्यसतर्फ ध्यान नदिएको आरोप लगाए । 

    उनले सर्वोच्च अदालतको गत फागुन २३ गतेको फैसलादेखि अहिलेसम्म एकताका लागि कुनै पनि प्रयास नगरेको र वातावरणसमेत नबनाएको बताए ।   

    एमालेका नेता माधवकुमार नेपालले एकताका लागि कुनै कसुर बाँकी नराखी पहल भइरहेको जानकारी दिए । 

    उनले अदालतको गरेको फैसला स्र्वीकार गरेर अघि बढिरहेको र पार्टीको अहिलेसम्मको इतिहास, माया जोगाउन जनताको आशा र भरोसालाई बुझेर पार्टीलाई अगाडि बढाउनुपर्ने बताए । 

    भेलाका सहभागीले भोली आआफ्नो धारणा राख्ने कार्यसूची रहेको केन्द्रीय सदस्य रचना खड्काले जानकारी दिइन् । 

    २०७७, चैत्र १४ शनिवार०७:४५:५९
    प्रतिक्रिया
    सम्बन्धित समाचार