भारतका प्रधानमन्त्री बङ्गलादेशमा

भारतका प्रधानमन्त्री बङ्गलादेशमा

२०७७, चैत्र १४ शनिवार

  • 1.3K
    SHARES

  • भारतका प्रधानमन्त्री बङ्गलादेशमा

    ढाका । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी औपचारिक भ्रमणका लागि शुक्रबार बङ्गलादेश आएका छन् । 
     
    बङ्लादेशको ५०औँ स्वतन्त्रता दिवसको अवसरमा आयोजित विषेश समारोहमा सहभागी हुन उनी बङ्गलादेश आएका हुन् ।  

    विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमण फैलिएपछिको उनको यो पहिलो वैदेशिक भ्रमण भएको जनाइएको छ । 

    उनलाई बङ्लादेशकी समकक्षी शेख हसिनाले विमानस्थलमा स्वागत गरेका थिए ।  

    प्रधानमन्त्री मोदी स्थानीय समय अनुसार विहान ७:४५ बजे ढाकाका लागि प्रस्थान गरेका हुन् । त्यसपछि उनी बङ्लादेशमा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुनुका साथै उच्चस्तरीय भेटघाट पनि गर्ने छन् । 

    उनको भ्रमणले दुई देशबीचमा सम्वन्धलाई थप बलियो बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ भने केही नयाँ सहकार्य र समझदारी पनि हुने जनाइएको छ । 

    २०७७, चैत्र १४ शनिवार०८:०७:५०
    प्रतिक्रिया
    सम्बन्धित समाचार