काठमाडौं । देशैभर बढेको वायुप्रदुषणका कारण त्रिभुवन विश्वविद्यालयले चैत २० गते शुक्रबारसम्म पठनपाठन बन्द गर्ने निर्णय गरेको छ।
त्रिवि रजिष्ट्रारको कार्यालय अन्तर्गत सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले सूचना निकालेर पठनपाठन बन्द हुने उल्लेख गरेका छन्।
प्रदूषण बढेको र यसले विद्यार्थीलाई असर पर्न सक्ने भन्दै पठनपाठन रोकिएको हो।
आज मंगलवारदेखि चैत २० गतेसम्म पठनपाठन रोकिए पनि पूर्वनिर्धारित कार्यतालिकाअनुसार परीक्षा भने सञ्चालन हुनेछ।
शिक्षा मन्त्रालयले प्रदुषणका कारण वालवालिकालाई असर गर्ने भन्दै चैत्र २० गते सम्म पठनपनठन बन्द गर्ने निर्णय हिजो नै गरेको थियो ।
