स्पष्टिकरण जवाफ पेश, प्रदेश कमिटी हेरफेर

स्पष्टिकरण जवाफ पेश, प्रदेश कमिटी हेरफेर

२०७७, चैत्र १७ मंगलवार

  • 2.1K
    SHARES

  • स्पष्टिकरण जवाफ पेश, प्रदेश कमिटी हेरफेर

    काठमाडौँ । नेकपा (एमाले)का नेता घनश्याम भूषालले पार्टीले सोधेको स्पष्टिकरणको जवाफ पेश गरेका छन् । भुषालले पार्टीले सोधेको स्पष्टिकरणको जवाफ पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई लेख्दै आज पेश गरेको पार्टी मुख्यालयका कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए । 

    यसअघि पार्टीका नेता माधवकुमार नेपाल र भीम रावलले स्पष्टिकरणको जवाफ दिइसकेका छन् । स्पष्टिकरणको जवाफ चित्तबुझ्दो नभएपछि उनीहरु दुवै जनालाई अध्यक्ष केपी शर्मा ओलीले छ महिनाका लागि पार्टीको साधारण सदस्यबाट निलम्बन गरेका हुन् । 

    यहि चैत ७ गते बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले पार्टी विपरीतका गतिविधि गरेको भन्दै भूषालसहित पार्टीका नेता नेपाल, रावल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

    यही चैत ८ गते महासचिव ईश्वर पोखरेलले पत्र लेख्दै उनीहरु चारै जना नेतालाई पार्टी हितविपरीत गतिविधि गरेको भन्दै एमालेको विधानको दफा ४९ को १, २, ३, ४, ५, ६, ७, ९ र १४ अनुसार कारवाही किन नगर्ने भन्दै स्पष्टिकरण सोधेका थिए । 

    स्पष्टिकरणको जवाफमा भूषालले आफू पार्टी विरोधी गतिविधि नगरेको र नवौं राष्ट्रिय महाधिवेशनको निर्णय र निर्देशन तथा पार्टी विधान र पद्धतिमा रहेको जवाफ पठाएका छन्। 

    प्रदेश कमिटी हेरफेर

    यस्तै एमालेले प्रदेश कमिटीको जिम्मेवारि हेरफेर गरेको छ । प्रदेश–१ को इन्चार्जमा सुवास नेम्बाङ, सहइन्चार्जमा लालबाबु पण्डित, भानुभक्त ढकाल, शेरधन राई, गुरु बराल, टङ्क आङबोहाङ, राजेन्द्र गौतम तथा प्रदेश अध्यक्षमा देवराज घिमिरे र सचिव विनो ढकाल रहेका छन् । 

    यस्तै प्रदेश–२ को इन्जार्च सत्यनारायण मण्डल, सहइन्चार्ज लीला श्रेष्ठ तथा प्रदेश अध्यक्षमा प्रभु साह र सचिव सुमन प्याकुरेल रहेका छन् ।

    यस्तै वागमती प्रदेशमा इन्चार्ज रामवहादुर थापा, सहइन्चार्जमा काशीनाथ अधिकारी, शेरवहादुर तामाङ, कृष्णगोपाल श्रेष्ठ तथा प्रदेश अध्यक्षमा आनन्द पोखरेल र सचिवमा खेम लोहनी रहेका छन् । 

    गण्डकी प्रदेशको इन्चार्जमा पृथ्वीसुब्बा गुरुङ, सहइन्चार्जमा किरण गुरुङ, पदमा अर्याल, लिलबहादुर थापामगर तथा प्रदेश अध्यक्षमा जगत विश्वकर्मा र सचिवमा गोविन्द नेपाली रहेका छन् ।

    लुम्बिनी प्रदेश इन्चार्जमा शङ्कर पोखरेल, सहइन्चार्जमा मणिचन्द्र थापा, दलबहादुर राना, बैजनाथ चौधरी, गिरधारीलाल न्यौपाने तथा प्रदेश अध्यक्षमा लिला गिरी र सचिवमा खेममान खड्का रहेका छन् । 

    कर्णाली प्रदेश इन्चार्जमा यामलाल कँडेल, सहइन्चार्जमा लक्ष्मी पोखरेल, गुलावजङ्ग शाह तथा प्रदेश अध्यक्षमा गोरख बोगटी र सचिवमा धर्मराज रेग्मी रहेका छन् ।

    यस्तै सुदूरपश्चिम प्रदेशको इन्चार्जमा लेखराज भट्ट, सहइन्चार्जमा गणेश ठगुन्ना र नारदमुनी राना तथा प्रदेश अध्यक्षमा कर्णवहादुर थापा र सचिवमा राजेन्द्रसिंह रावल रहेका छन्। 

    २०७७, चैत्र १७ मंगलवार०३:४३:१२
    प्रतिक्रिया
    सम्बन्धित समाचार