‘भारतीय राष्ट्रपति कोविन्दको सल्यक्रिया सफलतापूर्वक सम्पन्न

‘भारतीय राष्ट्रपति कोविन्दको सल्यक्रिया सफलतापूर्वक सम्पन्न

२०७७, चैत्र १८ बुधवार

  • 2.1K
    SHARES

  • ‘भारतीय राष्ट्रपति कोविन्दको सल्यक्रिया सफलतापूर्वक सम्पन्न

    नयाँ दिल्ली । भारतीय राष्ट्रपति रामनाथ कोविन्दको मुटुको ‘बाईपास सर्जरी’ सफलतापूर्वक सम्पन्न भएको उनको उपचार भइरहेको दिल्लीस्थित ‘अल इन्डिया मेडिकल साइन्सेस (एम्स)’ ले मङ्गलबार जानकारी गराएको छ ।

    “भारतका राष्ट्रपति रामनाथ कोविन्दले एम्समा मुटुको ‘बाइपास’ शल्यक्रिया सफलतापूर्वक गराइसकेका छन् । चिकित्सकहरूको टोलीलाई सफल शल्यक्रियाका लागि बधाई छ,” संघीय रक्षामन्त्री राजनाथ सिंह राष्ट्रपतिको उपचारबारे सामाजिक सञ्जालमार्फत् सार्वजनिक सन्देशमा पुष्टि गरेका छन् ।  

    गत हप्ता, राष्ट्रपतिलाई छातीमा समस्या आएको बताएपछि नयाँ दिल्ली मा नै रहेको भारतीय सेनाको अनुसन्धान र रेफरल अस्पतालमा भर्ना गरिएको थियो । पछि उनलाई उपचारका लागि एम्समा सारिएको थियो । चिकित्सकहरूले राष्ट्रपतिको बाइपास प्रक्रियाबाट सल्यक्रिया गर्न दिएको सल्लाह बमोजिम उनको मुटुको शल्यक्रिया भएको हो । 

    उपचारमा सम्लग्न भनिएका एक चिकित्सकले नाम उल्लेख नगरिकन राष्ट्रपति काविन्दको मुटुकोे सफल शल्यक्रिया भइसकेको र उनको अवस्था स्थिर रहेको र क्रमशः सुधार हुँदै जाने विश्वास गरिएको सिन्ह्वासँग बताए । -एजेन्सी । 

    २०७७, चैत्र १८ बुधवार०७:२१:५१
    प्रतिक्रिया
    सम्बन्धित समाचार