प्रतिनिधि सभा बैठकमा प्रतिवेदन पेश

प्रतिनिधि सभा बैठकमा प्रतिवेदन पेश

२०७७, चैत्र १८ बुधवार

  • 2.6K
    SHARES

  • प्रतिनिधि सभा बैठकमा प्रतिवेदन पेश

    काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न  प्रतिवेदन पेश भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा शिवमाया तुम्बाहाम्फेले ‘राष्ट्रिय प्राकृतिक, स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन’ र ‘राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन’ पेश गरेका हुन् ।

    यस्तै बैठकमा विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खड्काले विकास तथा प्रविधि समितिको वार्षिक प्रतिवेदन, २०७७ र ‘नेपाल इन्जिनीयरिङ परिषद् (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७७ पेश गरे ।

    २०७७, चैत्र १८ बुधवार०३:४९:१७
    प्रतिक्रिया
    सम्बन्धित समाचार