काठमाडौं ।
दाजु-भाइ दिदी-बैनी एकाघरका भन्छौ
सबै मिली बस सधैं हामी यही भन्छौँ
आपस्तमै झगडा यो गर्छौ दिनैदिन
काम गर्छु भन्नेलाई खुट्टा तान्छौ किन ?
दुई हजार दशसाल देखि आजसम्म उस्तै
कस्तो मति लिन्छौं तिमी बैरीलाई पोस्तै ?
दाजुभाइ एउटै भन्छौ मिल्दैन खै कर्म
आफ्नै घरको काम ठग्ने लियौ कस्तो धर्म ?
घरका जहान भए पछि मिल्न जान्नु पर्छ
घर बिगारी पराई पोस्ने अलग हुनुपर्छ
मर्न जान्छु भन्नेलाई मर्न दिनु पर्छ
बाँच्नेहरूले मन मिलाई गरी खानु पर्छ
(रचनाकार साझा प्रकाशनका महाप्रवन्धक हुन् : -२०७७/१२/१७, कोरोना आराम गृहबाट)