‘कृषि विकासका निम्ति नेपाल र इजरायलबीच सहकार्य गरौँ’

‘कृषि विकासका निम्ति नेपाल र इजरायलबीच सहकार्य गरौँ’

२०७७, चैत्र १९ बिहिवार

  • 2.0K
    SHARES

  • ‘कृषि विकासका निम्ति नेपाल र इजरायलबीच सहकार्य गरौँ’

    काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले कृषि विकासका क्षेत्रमा इजरायलले हासिल गरेको प्रगति नेपालका निम्ति उपयोगी हुने बताउँदै त्यसका लागि दुई देशबीच सघन सहकार्य अत्यावश्यक भएको विचार व्यक्त गरेका छन् । 

    नेपालका लागि इजरायलका राजदूत हनान गोडेरसँग आज आफ्नै कार्यकक्षमा भएको शिष्टाचार भेटमा उनले नेपाल र इजरायलबीचको छ दशक पुरानो कूटनीतिक सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै दुई देशबीच कृषि, पर्यटन, सूचना–प्रविधिलगायत क्षेत्रमा सहकार्य र साझेदारीमा जोड दिए । 

    सांसद सुरेन्द्र कार्कीको संयोजकत्वमा नेपाल–इजरायल संसदीय मैत्री समूह गठन गरिएको जानकारी दिँदै सभामुख सापकोटाले दुई देशका संसद्–संसद्बीचको सम्बन्धलाई जीवन्त बनाउन दुबै देशबाट थप प्रयत्न हुने विश्वास व्यक्त गरे ।

    उनले कोभिड–१९ का कारण रोकिएका उच्चस्तरीय भ्रमण आदानप्रदानलगायत द्विपक्षीय गतिविधिले परिस्थिति सहज हुनेबित्तिकै गति लिने विश्वास व्यक्त गरे । 

    इजरायल–नेपाल सम्बन्धका विविध पक्षबारे चर्चा गर्दै राजदूत गोडेरले भूगोलका हिसाबले  दुवै देशका साना भए पनि भाषा, संस्कृति र परम्परामा समृद्ध रहेका तथा आपसी सहकार्यका प्रशस्त सम्भावना रहेको बताए । 

    २०७७, चैत्र १९ बिहिवार०६:३९:३८
    प्रतिक्रिया
    सम्बन्धित समाचार