ग्रीसका प्रधानमन्त्री लिबिया जाने, दूतावास पूनः सूचारु गर्ने

ग्रीसका प्रधानमन्त्री लिबिया जाने, दूतावास पूनः सूचारु गर्ने

२०७७, चैत्र २० शुक्रवार

  • 2.1K
    SHARES

  • ग्रीसका प्रधानमन्त्री लिबिया जाने, दूतावास पूनः सूचारु गर्ने

    एथेन्स । ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले लिबियाको भ्रमण गर्ने भएका छन् ।  

    दुई हप्तापछि हुने भ्रमणका क्रममा उनले छ वर्षदेखि बन्द रहेको लिबियास्थित ग्रीसको राजदूतावास पूनः सञ्चालनमा ल्याउने  भएका छन् ।

    प्रधानमन्त्री निकट अधिकारीहरूले बिहीबार दिएको जानकारीअनुसार उनले आगामी मङ्गलबारदेखि लिबियाको भ्रमण गर्ने भएका हुन् ।

    दुई देशबीचको सम्बन्धलाई सामान्य बनाएर पहिलाकै अवस्थामा पु¥याउनका लागि उनले अहिले भ्रमण गर्न लागेको जनाइएको छ ।

    ग्रीसको सरकारका प्रवक्ता अरिस्टोटेलिया पेलोनीले पत्रकारहरूलाई दिएको जानकारीअनुसार उनको अहिलेको भ्रमणलाई ठूलो महत्वका साथ हेरिएको छ ।  

    प्रधानमन्त्री मित्सोटाकिसले भ्रमणका क्रममा लिबियाको अध्यक्ष मण्डलका प्रमुख मोहम्मद यौनेस मेन्फी र अन्तरिम प्रधानमन्त्री अब्दुल हमिद डिबेइबाहसँग भेटवार्ता गर्ने भएका छन् ।

    भ्रमणबाट लिबियामा रहेको ग्रीसको राजदूतावास पूनः सुचारु गरिने ग्रीसका विदेशमन्त्रीले जानकारी दिए । 

    लिबियाको राजधानी त्रिपोलीमा रहेको ग्रीसको राजदूतावास सन् २०१४ को जुलाईदेखि बन्द भएको छ ।      

    २०७७, चैत्र २० शुक्रवार०६:५२:१६
    प्रतिक्रिया
    सम्बन्धित समाचार