जापानमा थप ७०० अर्ब डलरको आर्थिक प्याकेज

जापानमा थप ७०० अर्ब डलरको आर्थिक प्याकेज

२०७७, मंसिर २३ मंगलवार

  • 1.4K
    SHARES

  • जापानमा थप ७०० अर्ब डलरको आर्थिक प्याकेज

    मंसिर २३, टोकियो ।

    जापानका प्रधानमन्त्री योसिहिदे सुगाले कोरोनाभाइरसका कारण सिर्जित चुनौतीलाई सम्बोधन गर्नेगरी मंगलबार थप आर्थिक प्याकेज ल्याइने घोषणा गरेका छन् ।  

    सरकार र सत्तारुढ पार्टीको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री सुगाले रोजगारी कायम राख्ने, व्यवसायलाई निरन्तरता दिने, अर्थव्यवस्थालाई पुनर्जीवित तुल्याउने तथा हरित एवं डिजिटल प्रविधि लगायतको विकासको ढोका खोलिने बताए ।  

    उनले सरकारले अघि सार्न लागेको आर्थिक प्याकेज ७०७ अर्ब अमेरिकी डलरको हुने जानकारी दिए । यस आर्थिक प्याकेजबाट कोभिड–१९ महामारीबाट सिर्जित नकारात्मक आर्थिक प्रभावलाई कम गर्न सहयोग पुग्ने प्रधानमन्त्री सुगाले विश्वास व्यक्त गरे ।

    आजै मंगलबार मन्त्री परिषदको बैठकले नयाँ आर्थिक प्याकेजलाई अनुमोदन गर्नेछ ।- एजेन्सी ।

    २०७७, मंसिर २३ मंगलवार१०:०९:५०
    प्रतिक्रिया
    सम्बन्धित समाचार