ब्राजिलमा एकैदिन ३८ सयभन्दा बढीको मृत्यु

ब्राजिलमा एकैदिन ३८ सयभन्दा बढीको मृत्यु

२०७७, चैत्र २० शुक्रवार

  • 977
    SHARES

  • ब्राजिलमा एकैदिन ३८ सयभन्दा बढीको मृत्यु

    ब्राजिलिया । कोरोनाभाइरसका कारण ब्राजिलमा एकैदिन तीन हजार ८०० भन्दा बढीको मृत्यु भएको छ ।

    सरकारी अधिकारीहरूले बुधबार अबेर दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ब्राजिलमा तीन हजार ८६९ जनाको मृत्यु भएको हो । 

    योसँगै ब्राजिलमा कोरोनाका कारण मृत्यु भएकाहरूको कूल सङ्ख्या तीन लाख २१ हजार ५१५ पुगेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ । 

    धेरै सङ्क्रमित रहेको देशहरूको सूचीमा दोस्रो क्रममा रहेको ब्राजिलमा अहिलेसम्म एक करोड २७ लाख ४८ हजार ७४७ जना सङ्क्रमित भएका छन् । तीमध्ये ९० हजार ६३८ जना पछिल्लो २४ घण्टामा थपिएका हुन् ।    

    २०७७, चैत्र २० शुक्रवार०६:५४:२७
    प्रतिक्रिया
    सम्बन्धित समाचार