नेपाली जुडो टोलीले किर्गिस्तानमा एशियाली च्याम्पियनसिप खेल्ने

नेपाली जुडो टोलीले किर्गिस्तानमा एशियाली च्याम्पियनसिप खेल्ने

२०७७, चैत्र २० शुक्रवार

  • 1.6K
    SHARES

  • नेपाली जुडो टोलीले किर्गिस्तानमा एशियाली च्याम्पियनसिप खेल्ने

    काठमाडौँ । नेपाली जुडो टोली किर्गिस्तानको बिस्केकमा सञ्चालन हुने एशियाली जुडो च्याम्पियनसिपमा सहभागी हुने भएको छ ।

    चार खेलाडीसहित सात सदस्यीय टोली प्रतियोगितामा भाग लिन शुक्रबार किर्गिस्तानतर्फ जाने नेपाल जुडो सङ्घले जनाएको छ । चैत २२ देखि २८ गतेसम्म हुने उक्त प्रतियोगितामा एक महिला तथा तीन पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

    पुरुष ६६ किलो मुनिको तौल समूहमा इन्द्रबहादुर श्रेष्ठ, महिला ४८ किलो मुनिको तौल समूहमा सोनिया भट्ट, ५७ किलो मुनिको तौल समूहमा देविका खड्का र ७० किलो मुनिको तौल समूहमा पुनम श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् । 

    चारै खेलाडीले गत वर्ष नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) का पदक प्राप्त गरेका थिए । देविका र पुनमले १३औँ सागमा स्वर्ण, इन्द्रले रजत तथा सोनियाले कास्य पदक प्राप्त गरेका थिए । उक्त प्रतियोगितामा ३१ देशका १२३ पुरुष र ९५ महिला खेलाडीले प्रतिस्पर्धा गर्ने सङ्घले जनाएको छ ।

    खेलाडीका साथमा प्रशिक्षकका रुपमा ओलम्पियन ऋषिराम प्रधान, जुडो सङ्घका महासचिव एवं निर्णायक धर्मकुमार श्रेष्ठ र जुडो सङ्घका अध्यक्ष दीपकहर्ष बज्राचार्य रहेका छन् । उक्त टोलीलाई राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले आज एक कार्यक्रमबीच बिदाइ गरे । 

    २०७७, चैत्र २० शुक्रवार०७:०९:१८
    प्रतिक्रिया
    सम्बन्धित समाचार