प्रतिष्ठान केन्द्रीय महाधिवेशन शुरु

प्रतिष्ठान केन्द्रीय महाधिवेशन शुरु

२०७७, चैत्र २० शुक्रवार

  • 4.8K
    SHARES

  • प्रतिष्ठान केन्द्रीय महाधिवेशन शुरु

    पोखरा । भट्टराई कुलवंश प्रतिष्ठानको २७ औ वार्षिक साधारण सभा तथा नवौँ महाधिवेशन शुरु भएको छ । 

    प्रतिष्ठानका अध्यक्ष शेर बहादुर भट्टराईको अध्यक्षता तथा सर्वोच्च अदालतका न्यायाधीश डा आनन्द मोहन भट्टराईको प्रमुख आतिथ्यतामा आज पोखरामा शुरु भएको हो ।

    bhattarai7.jpg

    नवौ अधिवेशन गण्डकी प्रदेशमा गर्न पाउॅदा आफुलाई खुशी लागेको कार्यक्रम मूल व्यवस्थापन समिति संयोजक तथा गण्डकी प्रदेश अध्यक्ष शैलेन्द्र मोहन भट्टराईले स्वागत मन्तव्यमा भनेका थिए ।

    डा तुलसी भट्टराईको संयोजकत्वमा निर्माण भएको स्मारिका प्रकाशन समितिले भट्टराईहरुका संस्कारहरूमा रहेको अनेकतालाई एकतामा बॉध्ने अधयक्ष भट्टराईले आफ्नो लिखित प्रतिवेदनमा भनेका छन् । 

    bhattarai.jpg

    त्यसै गरि प्रतिष्ठानमा कुनै पनि पार्टीको प्रवेश बर्जित रहेको उनको भनाई थियो । मानिस सामाजिक प्राणी भएकाले राजनीतिक पार्टीका सदस्य हुन सक्ने तर प्रतिष्ठानको कार्यक्रममा आउॅदा राजनीतिक जुत्ता ढोका बाहिरै खोलेर मात्र भित्र प्रवेश गर्न पनि आग्रह गरेका छन् ।

    bhattarai4.jpg

    प्रतिष्ठानको समग्र विकासका लागि प्रत्येक भट्टराई घरपरिवारले मुठ्ठीदान स्वरुप रु १०००/- सहयोग गरे कुलवंश अगाडी बढ्न सहज हुनेछ । एउटै जातजाति मात्र नभएर समग्र मानवकल्याणका लागि वशिष्ठ ॠषीका सन्तानले गरेको कार्य भएकाले अन्य थरका मानिसहरु पनि गुरुकुल बिधापिठ लगायतमा सहभागिता बढेको अध्यक्ष भट्टराईले भनेका छन् ।

    bhattarai5.jpg

    कार्यक्रममा वशिष्ठ ॠषी, कुल संस्कार र प्रतिष्ठानका विषय जोडेर आकर्षक वृत्तचित्र प्रसारण गरिएको थियो । अन्तर्राष्ट्रिय क्षेत्र बर्मा (म्यानमार) मा रहेर प्रतिष्ठानका नामबाट रचनात्मक कार्य गरेका हुनाले डा गोपाल भट्टराईलाई सम्मान गरिएको थियो । 
    त्यसै गरि ८० वर्ष भन्दा माथिका बृद्ददवृद्दालाई दोसल्ला, लौरो प्रदान गरेर सम्मान गरिएको थियो ।

    bhattarai2nd.jpg

    अधिवेशनमा देशभरबाट ५१७ जना प्रतिनिधि उपस्थित भएका छन् । भोलि सम्म चल्ने कार्यक्रम आगामी ३ वर्षे कार्यकालका लागि १०१ जनाको कार्यसमिति निर्माण हुॅदै अधिवेशन सम्पन्न हुनेछ ।

    bhattarai2.jpg

     

    २०७७, चैत्र २० शुक्रवार०१:३७:१४

    केशव भट्टराई

    प्रतिक्रिया
    सम्बन्धित समाचार